उत्तर अमेरिकामा दिउँसै अँध्यारो हुने गरी खग्रास सूर्यग्रहण लाग्दै, एशियाबाट भने नदेखिने

 चैत २६, २०८० सोमबार ९:५:२४ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

आज उत्तर अमेरिकाको म्याक्सिकोदेखि क्यानडाको पूर्वी किनारसम्म खग्रास सूर्यग्रहण लाग्दैछ । दिउँसै अँध्यारो हुने गरी खग्रास सूर्यग्रहण लाग्ने भएकाले त्यस क्षेत्रका मानिसले आफ्नो जीवनकै दुर्लभ दृश्य देख्न पाउने छन् । नेपाल र एशियाका अरु देशबाट भने यसपालि खग्रास सूर्यग्रहण देखिने छैन ।

 सूर्य र पृथ्वीबीचमा चन्द्रमा परेर सूर्यलाई पूरै छेकेको अवस्थामा खग्रास सूर्यग्रहण लाग्छ । खग्रास ग्रहणका समयमा केही सेकेन्ड अथवा कहिलेकाहीँ केही मिनेट आकाश पूरै अँध्यारो हुन्छ र रात परे जस्तो देखिन्छ । आज खग्रास सूर्यग्रहण प्रशान्त महासागरमा शुरु हुने बीबीसीले जनाएको छ ।

पृथ्वीको परिक्रमा गर्दा चन्द्रमा सूर्य र पृथ्वीको बीचमा पुगेको अवस्थामा चन्द्रमाले सूर्यबाट आउने प्रकाश छेकिदिन्छ र त्यसको छायाँ पृथ्वीमा पर्छ । चन्द्रमाले पृथ्वीमा जाने सूर्यको प्रकाश पूरै छेक्न सक्ने गरी तीनवटै सीधा रेखामा परेको अवस्थामा सूर्यमा खग्रास ग्रहण लाग्छ ।

नासाका अनुसार ‘खगोलीय संयोगका कारण मात्र खग्रास सूर्यग्रहण सम्भव’ हुन्छ । किनभने सूर्य चन्द्रमाभन्दा ४ सय गुना ठूलो हुनुका साथै दूरीका हिसाबमा ४ सय गुणा टाढा छ ।

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया