महोत्तरीको मटिहानीमा फर्निचर उद्योगमा आगलागी : ३५ लाख रुपैयाँभन्दा धेरैको क्षति

 चैत २७, २०८० मंगलबार ९:२३:२ | रासस
unn.prixa.net

साङ्केतिक तस्बिर

महोत्तरी – महोत्तरीको मटिहानी–८ मा रहेको फर्निचर उद्योगमा गएराति आगलागी भएको छ । मटिहानीबजारमा सञ्चालित दुःखमोचन ठाकुरको भरत फर्निचर उद्योगमा आगलागी भएको हो । आगलागीबाट ३५ लाख रुपैयाँभन्दा धेरैको धनमाल नष्ट भएको प्रारम्भिक अनुमान छ ।

गएराति १० बजेतिर आगलागी भएको र आगलागीबाट फर्निचर र उद्योगका कच्चा पदार्थमा क्षति भएको हो । मटिहानी नगरपालिकाको वारुणयन्त्र, स्थानीय बासिन्दा, सशस्त्र प्रहरी बल, नेपाल प्रहरीको सहयोगमा आगो निभाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया