सुनसरीका ५ वटा पालिकामा कर्फ्यु हट्यो, भेला जुलुस गर्न भने नपाइने

 चैत २८, २०८० बुधबार १५:११:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – जिल्ला प्रशासन कार्यालय सुनसरीले गएको शुक्रवारदेखि पाँच वटा पालिकामा लगाएको कर्फ्यु हटाएको छ । गए राति १२ बजेदेखि कर्फ्यु हटाएको प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जानकारी दिनुभयो ।

दुई समूहबीचको विवाद बढेर झडप हुन थालेपछि सुनसरीको हरिनगर गाउँपालिका, देवानगञ्ज गाउँपालिका, इनरुवा नगरपालिका, कोशी गाउँपालिका र भोक्राह नरसिंह गाउँपालिकामा कर्फ्यु लागू भएको थियो ।

गएको शनिवार भएको सर्वदलीय बैठकमा दुवै पक्ष शान्त हुने सहमति भए पनि प्रदर्शन भएपछि कर्फ्युलाई निरन्तरता दिइएको थियो । कर्फ्यु हटे पनि पाँच वटै पालिकामा भेला, जुलुस गर्न प्रतिबन्ध लगाइएको सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया