‘बहिरी देवीसँग चिच्याएर वर मागौँ’

 मंसिर १, २०७५ शनिबार ६:५:५१ | रासस
unn.prixa.net

फाइल फाेटाे

पाल्पा –  पाल्पाको महत्वपूर्ण धार्मिकस्थल सत्यवतीमा मंसिर ५ देखि ७ गतेसम्म धार्मिक मेला लाग्दैछ । तिनाउ गाउँपालिका – ४,सत्यवतीमा रहेको ताल तथा मन्दिर परिसरमा कात्तिक पूर्णिमाको अवसरमा मेला लाग्दै आएको छ । 

सत्यवती ताल संरक्षण तथा मन्दिर व्यवस्थापन समितिको बैठकले मेला व्यवस्थित एवम् सहज बनाउन मेला व्यवस्थापन उपसमितिहरु गठन गरेको छ । सत्यवती बज्यै बहिरी छन् भन्ने विश्वासले मन्दिर जाने भक्तजनले ताल र मन्दिरको परिक्रमा गर्दै जोडले चिच्याएर वर माग्छन् । 

मन्दिर पुग्नका लागि सिद्धार्थ राजमार्गबाट झण्डै दुई घण्टा लाग्छ । चतुर्दशीको दिन तालमा साल तथा बाँसको लिङ्गो गाड्ने र भोलिपल्ट आफूले गाडेको लिङ्गो चिनेर पूजा गर्ने र चिच्याएर वर मागेमा मनोकाङ्क्षा पूरा हुने विश्वास छ ।
 

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया