केन्यामा वन्यजन्तु आक्रमण पीडितहरूका लागि क्षतिपूर्ति कार्यक्रम शुरु

 बैशाख ३, २०८१ सोमबार १२:९:५१ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

केन्याका राष्ट्रपति विलियम रुटोले वन्यजन्तु आक्रमण पीडितहरूका लागि क्षतिपूर्ति कार्यक्रम शुरु गर्नुभएको छ । हात्ती, गैँडा र जङ्गली भैँसी लगायतका प्रजातिहरूको बासस्थान रहेको उत्तरी केन्याली काउन्टीमा क्षतिपूर्ति कार्यक्रम शुरु भएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

कार्यक्रमले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा छ । पाँच करोड ३८ लाख अमेरिकी डलर बराबरको कार्यक्रम विशेषगरी मृतकका परिवार, घाइतेको उपचार र क्षति भएको कृषि उपजको क्षतिपूर्तिमा केन्द्रित हुनेछ ।

निर्देशिकाअनुसार वन्यजन्तुको आक्रमणमा परेका नागरिकले २३ हजार पाँच सय ४३ डलरसम्म क्षतिपूर्ति पाउनेछन् । यस्तै सरकारले मानव–वन्यजन्तु द्वन्द्व कम गर्न विद्युतीय तार, समुदायमा आधारित वकालत र आधुनिक निगरानी प्रविधिमा लगानी गर्ने राष्ट्रपति रुटोले बताउनुभएको छ । केन्या वन्यजन्तु र मानवबीच धेरै द्वन्द्व हुने देशहरूमध्ये पर्छ ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया