लुम्बिनी प्रदेशका मुख्यमन्त्री महराद्वारा सरकार बिस्तार

 बैशाख ६, २०८१ बिहिबार १७:५९:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले सरकार बिस्तार गर्नुभएको छ । मुख्यमन्त्री महराले एमालेबाट चार, नागरिक उन्मुक्ति र स्वतन्त्रबाट एक/एक गरी छ जना विना विभागीय मन्त्री नियुक्त गर्नुभएको हो ।

एमालेका भूमिश्वर ढकाल, रत्नबहादुर खत्री, अर्जुनकुमार केसी र दिनेश पन्थी रहनुभएको छ भने नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरी र स्वतन्त्रबाट निर्वाचित खड्ग बस्नेत विना विभागीय मन्त्री नियुक्त हुनुभएको छ ।

मुख्यमन्त्री महराले यसअघि नियुक्त हुनुभएका तीन जना विना विभागीय मन्त्रीहरु चेतनारायण आचार्यलाई आर्थिक मामिला तथा योजना मन्त्रालय, दीपेन्द्रकुमार पुनमगरलाई स्वास्थ्य मन्त्रायल र भण्डारीलाल अहिरलाई कृषि तथा भूमिव्यवस्था मन्त्रालयको जिम्मेवारी तोक्नुभएको छ । आज बिस्तार गरिएको मन्त्रिमण्डलसँगै लुम्बिनी प्रदेश सरकार १० सदस्यीय पुगेको छ । 

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया