केन्यामा हेलिकोप्टर दुर्घटना हुँदा सेना प्रमुखसहित १० जना वरिष्ठ कमाण्डरको ज्यान गयो

 बैशाख ७, २०८१ शुक्रबार १५:२४:१६ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

केन्यामा हेलिकोप्टर दुर्घटना हुँदा सेना प्रमुख फ्रान्सिस ओगोलासहित १० जना वरिष्ठ कमाण्डरको ज्यान गएको छ । केन्याका राष्ट्रपति विलियम रुटोले देशको उत्तर–पश्चिमी भागमा भएको हेलिकप्टर दुर्घटनामा उनीहरूको ज्यान गएको बताउनुभएको कतारी सञ्चारमाध्यम अलजजिराले जनाएको छ ।

एउटा प्राथमिक विद्यालयबाट उडेको हेलिकप्टर स्थानीय समयअनुसार दिउँसो २ बजेर २० मिनेटमा तल खसेर आगलागी भएको थियो । सेना प्रमुखसहितका कमाण्डरहरू समस्याग्रस्त क्षेत्रका डाकुहरूसँग लड्न तथा चलिरहेको विद्यालय नवीकरण कार्यको निरीक्षण गर्न खटिएका सेनाहरूलाई भेट्न गएका थिए ।

राष्ट्रपति रुटोले केन्यामा आजदेखि तीन दिनका लागि शोक मनाउने घोषणा गर्नुभएकाे छ ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया