चुन्बाङ गाउँ जाेड्न एकसाथ चार वटा पक्की पुल निर्माण

 बैशाख ७, २०८१ शुक्रबार १५:१७:४० | राजु लामिछाने
unn.prixa.net

बञ्चरे खाेला पुल

रुकुम पूर्व – रुकुम पूर्वको भूमे गाउँपालिका–९ चुन्बाङ गाउँलाई जोड्न चार वटा पक्की पुल एकसाथ निर्माण सम्पन्न भएका छन् । सडक पूर्वाधार विकास कार्यालय रुकुम पूर्वले चुन्बाङमा चार वटा मोटरेबल पुल निर्माण गरेको हो ।

बञ्चरे खोला, लङजुला खोला, लाखर खोला र च्याङचुङ खोलामा पुल तोकिएको मितिमै निर्माण सम्पन्न भएको सडक पूर्वाधार विकास कार्यालय रुकुम पूर्वका प्रमुख थमप्रसाद पाण्डेयले जानकारी दिनुभयो । उहाँका अनुसार यस आर्थिक वर्षको चैत महिनामा चार वटा पक्की पुल निर्माण भएको हो । पुल बनेपछि गाउँपालिका केन्द्र र जिल्ला सदरमुकाम रुकुमकोटसम्म सहज यातायात सेवा हुने भन्दै स्थानीयवासी खुशी भएका छन् ।

च्याङचुङ खोला पुल

चुन्बाङ (बञ्चरे खोला) मा पुल निर्माणको ठेक्का हिम शिखर हिरा सप्लासर्य इन्जिनियरिङ जेभीले पाएको थियो । २५ मिटर लामो पुल निर्माणका लागि तीन करोड ९६ लाख २५ हजार रुपैयाँमा २०७९ साल चैत ७ गते सम्झौता भएकाे थियो । त्यसैगरी २०७९ साल चैत २ गते च्याङचुङ खोला (लङजुला) मा पुल निर्माणका लागि राजवीर निर्माण सेवा रोल्पासँग तीन कराेड ७१ लाख १५ हजार एक सय ५८ रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । याे पुलकाे लम्बाइ १६ मिटर रहेको छ ।

लाखर खाेला पुल

च्याङचुङ खोला (लाखर) मा पुल निर्माणकाे ठेक्का कालापानी किरण जेभीले पाएको थियो । १४ मिटर लामाे पुल निर्माणका लागि २०७९ साल चैत १२ गते तीन करोड ३१ लाख चार हजार पाँच सय ३२ रुपैयाँमा ठेक्का सम्झौता भएको सडक पूर्वाधार विकास कार्यालय रुकुम पूर्वले जनाएको छ । त्यसैगरी २०७९ साल चैत १२ गतेकै दिन च्याङचुङ खोला (च्याङचुङ) मा पुल निर्माणका लागि राजवीर निर्माण सेवा रोल्पासँग तीन कराेड ५२ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । याे पुलकाे लम्बाइ १४ मिटर रहेको छ ।

बञ्चरे खोलामा पुल निर्माण भएपछि दुईखोली– बाघमारा– चुन्बाङ सडक खण्ड जोडिएका छन् भने लङजुला, लाखर र च्याङचुङ खोलामा पुल निर्माण हुँदा चुन्बाङ– कोर्जा–महत सडक खण्ड जोडिएका छन् ।

लङजुला खोला पुल

भूमे गाउँपालिका वडा नम्बर ९ का अध्यक्ष विनोद बुढाले विकट चुन्बाङ गाउँलाई जिल्ला सदरमुकाम रुकुमकोटसँग सडक सञ्जालमार्फत जोड्न महत्त्वपूर्ण काम सम्पन्न भएको बताउनुभयो । भूमे वडा नम्बर ६ र ८ जोड्ने दोमैकाे थबाङ खोलामा पुल निर्माण नुहँदा भने चुन्बाङवासीले रुकुमकोटसम्म सिधा सडक सेवा पाउन सकिरहेका छैनन् । सडक पूर्वाधार कार्यालयका सूचना अधिकारी विकास गौतमका अनुसार दुई वर्ष पहिला नै दोमैकाे थबाङ खोलामा पुल निर्माणका लाडि डीपीआर सम्पन्न भइसके पनि बजेटकाे व्यवस्थापन हुन नसक्दा काम अघि बढ्न सकेकाे छैन ।

तस्बिर : राजु लामिछाने

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया