गुल्मीको छत्रकोटमा भएको उखु महोत्सवबाट किसान उत्साहित

 बैशाख ८, २०८१ शनिबार ११:४८:३ | जनार्दन घिमिरे
unn.prixa.net

गुल्मी – गुल्मीको छत्रकोट गाउँपालिकामा भएको उखु महोत्सवबाट किसान उत्साहित भएका छन् । उखुको उत्पादनलाई थप व्यवसायिक बनाउँदै खेती प्रवर्द्धन र विकास तथा बजारीकरणका लागि गाउँपालिकाले हिजो दिगाममा एक दिने उखु महोत्सव गरेको हो ।

पालिकालाई उखुमा आत्मनिर्भर बनाउनका लागि गरिएको महोत्सवमा परम्परागत शैलीमा गोरुको प्रयोग गरी उखु पेल्ने, खुदो र गुड बनाउने तथा उखुको रसबाट उत्पादित सामग्री प्रदर्शनीमा राखिएको थियो ।

महोत्सवमा स्थानीय जातको सेतो कोसेर, रातो कोसेर, कालो कोसेर, जीतपुर कोसेर एवम् पुरानो जातका उखुहरु प्रदर्शन गरिएको थियो । गाउँपालिकाले वडा नम्बर–४ दिगाममा पहिलो पटक महोत्सव गरेको हो ।

छत्रकोट गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले उखुको प्रवर्धन र विकाससँगै किसानलाई थप व्यवसायिक बनाउन महोत्सव आयोजना गरिएको बताउनुभयो । छत्रकोट गाउँपालिकामा मात्रै झण्डै तीन सय जना किसान व्यवसायिक उखु खेतीमा लागेका छन् ।

गुल्मीमा यसवर्ष पाँच सय ८९ मेट्रिकटन उखुजन्य पदार्थ (खुदो र गुड) उत्पादन भएको कृषि ज्ञान केन्द्रका प्रमुख नवराज भण्डारीले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया