वर्तमान सत्ता गठबन्धन आउँदो माघ महिनासम्म भत्किन्छ : गगन थापा

 बैशाख ८, २०८१ शनिबार १८:२७:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

इलाम – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले वर्तमान सत्ता गठबन्धन आउँदो माघ महिनासम्म भत्किसक्ने दाबी गर्नुभएको छ । इलाममा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले अहिले बनेको गठबन्धनले २०८१ सालको माघ कट्न नसक्ने जिकिर गर्नुभएको हो । उहाँले चुनावअघिको गठबन्धनले देशको राजनीतिलाई विकृत बनाएको बताउनुभयो ।

चुनावअघिको गठबन्धन बेइमानी, मतदाताको स्वतन्त्रताको अपहरण र मतदाताको अवमूल्यन भएको महामन्त्री थापाले बताउनुभयो । उहाँले चुनावअघि गर्ने गठबन्धनलाई अब बिदाई गर्ने बेला आएको बताउनुभयो । इलामबाट नेपालमा चुनावअघिको गठबन्धनको राजनीति चल्दैन भन्ने सन्देश दिन जरुरी रहेको महामन्त्री थापाले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया