बेङ्गलुरुका कप्तानलाई १२ लाख भारु र पन्जाबका कप्तानलाई 'म्याच फी' काे ५० प्रतिशत जरिबाना

 बैशाख १०, २०८१ सोमबार १५:१९:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बेङ्गलुरुका कप्तान फाफ डु प्लेसिस र पन्जाब किङ्ग्सका कप्तान साम करनलाई जरिबाना भएको छ । आईपीएलको आचारसंहिता उल्लङ्घन गरेपछि बेङ्गलुरु र पन्जाबका कप्तान कारबाहीमा परेका हुन् ।

गए राति कोलकाता नाइट रायडर्ससँग ‘स्लो ओभर–रेट’ अर्थात ढिलो गरी खेलेपछि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले बेङ्गलुरुका कप्तान फाफ डु प्लेसिसलाई १२ लाख भारु जरिबाना तिराएको हो ।

इडेन गार्डेन्समा भएको यो खेलमा बेङ्गलुरु कोलकातासँग १ रनले पराजित भएको थियो । कोलकाता ७ खेलमा १० अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ भने १ खेल बढी खेलेको बेङ्गलुरु २ अङ्कसहित पुछारमा छ । यसअघि बीसीसीआईले ‘स्लो ओभर–रेट’ मा गुजरात टाइटन्सका कप्तान शुभमन गिल, दिल्ली क्यापिटल्सका कप्तान ऋषभ पन्तलाई जरिबाना गरिसकेको छ ।

यस्तै बीसीसीआईले पन्जाबका कप्तान साम करनलाई गुजरात टाइटन्ससँगको खेलमा अम्पायरको निर्णयमा असहमति जनाएको भन्दै ‘म्याच फी’ को ५० प्रतिशत जरिबाना जरिबाना गरेको छ ।

यो खेलमा पन्जाब गुजरातसँग ३ विकेटले पराजित भएको थियो । गुजरात ८ खेलमा ८ अङ्कसहित तालिकाको छैटौँ स्थानमा छ भने पन्जाब उति नै खेलमा ४ अङ्कसहित नवौँ स्थानमा छ ।

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया