सार्वजनिक शिक्षा सुधार गर्न साताव्यापी अभियान सञ्चालन

 बैशाख ११, २०८१ मंगलबार ८:४७:८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – शिक्षा अधिकार तथा सार्वजनिक शिक्षा रूपान्तरणका लागि राष्ट्रिय अभियान नेपाल (एनसिई) ले नेपालको सार्वजनिक शिक्षा सुधार गर्न एक हप्तासम्म अभियान सञ्चालन गर्ने भएको छ । एनसिईका अध्यक्ष राजेन्द्र पहाडीले शिक्षा अभियान सङ्घ, प्रदेश तथा पालिकामा विभिन्न कार्यक्रम गरी मनाउन लागिएको जानकारी दिनुभयो ।

अभियानअन्तर्गत हिजोे माइतीघरमा दिउँसो १ बजेदेखि ३ बजेसम्म नागरिक समाजको भेला कार्यक्रम भएको छ । अब १५ गतेसम्म सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमार्फत अभियान सञ्चालन गर्ने, विद्यालयमा विद्यार्थीहरूद्वारा पत्र लेखन तथा प्रधानमन्त्रीलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।

यस्तै भोलि ‘सार्वजनिक शिक्षामा रूपान्तरण किन’ विषयक अन्तरक्रिया गरिने आयोजकको भनाइ छ । एनसिईले सार्वजनिक शिक्षा सुदृढीकरण गर्न सरोकारवालालाई जवाफदेही बनाउने उद्देश्यले सन् २००३ देखि नेपाललगायत विश्वका एक सय ५० भन्दा बढी देशमा विश्वव्यापी कार्य सप्ताह मनाउँदै आएको छ ।

यस वर्षको विश्वव्यापी अभियानले सरकारको प्रतिबद्धता पूरा गर्न र सार्वजनिक शिक्षा सुदृढीकरणका लागि रचनात्मक दबाब सृजना गरी शिक्षामा रुपान्तरण गर्ने लक्ष्यसहित कार्य सप्ताह मनाउन लागेको अध्यक्ष पहाडीले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया