लुम्बिनीसहित पाँच प्रदेशमा हुरीबतासको सम्भावना

 बैशाख ११, २०८१ मंगलबार ८:४३:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – आज लुम्बिनी प्रदेश सहित पाँच प्रदेशमा हुरीबतासको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले लुम्बिनी, कोशी, मधेश, बाग्मती, गण्डकी र कर्णाली प्रदेशका केही ठाउँमा सामान्य भन्दा बढी हुरीबतासको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।

त्यस्तै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँ सहित बाग्मती र कोशी प्रदेशका पहाडी भेगका एक–दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविद् संजिव अधिकारीले जानकारी दिनुभयो । 

यसैबीच, केही दिनदेखि देशका धेरै भू–भागको अधिकतम तथा न्यूनतम तापक्रम बढीरहेको छ । लुम्बिनी प्रदेश तथा मधेस प्रदेशको तराई भू–भाग र सुदूरपश्चिम प्रदेशको तराईका भू–भागका ठाँउहरुमा केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा योभन्दा बढी मापन गरिएको छ ।

तराई मधेशका जिल्लामा अझै केही दिन तातो हावा चल्ने अनुमान रहेकाले सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया