पप्पु कन्स्ट्रक्सनसहित २९ वटा ठेकेदार कम्पनी कालोसूचीमा

 बैशाख ११, २०८१ मंगलबार १३:१८:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको सार्वजनिक खरिद तथा अनुगमन कार्यालयले निर्माण कार्य अलपत्र बनाउने पप्पु कन्स्ट्रक्सनसहित २९ वटा कम्पनीलाई कालोसूचीमा राखेको छ ।

पप्पुलाई दुई वर्ष छ महिनासम्मका लागि कालोसूचीमा राखिएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय, जलस्रोत तथा सिँचाइ विभाग, सिक्टा सिँचाइ आयोजना, नेपाल नेपालगञ्जले काममा ढिलासुस्ती र काम सन्तोषजनक नभएको भन्दै यसअघि कालोसूचीमा राख्न सरकारलाई सिफारिस गरेको थियो ।

कार्यालयले कालोसूचीमा परेका पप्पुसहित २९ वटा कम्पनीको नामावली आज सार्वजनिक गरेको हो । यी कम्पनीहरूबाट काम नगर्न र नगराउनसमेत मातहतका निकायलाई कार्यालयले निर्देशन दिएको छ ।

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया