त्रिपिटकबारे प्रचार गर्दै लुम्बिनीमा त्रिपिटक पाठ सम्पन्न ( फाेटो सहित )

 मंसिर १, २०७५ शनिबार १६:४४:४० | गोपाल भण्डारी
unn.prixa.net

कपिलवस्तु –  बाैद्ध धर्मको पवित्र ग्रन्थ त्रिपिटकका बारेमा प्रचार प्रसार गरी ३ दिने अन्तराष्ट्यि त्रिपिटक पाठ कार्यक्रम शुक्रवार साँझ सम्पन्न भएको छ । 

यस कार्यक्रमबाट संसारभरका बौद्धमार्गीहरुमा बुद्ध जन्म स्थल लुम्विनीको महिमा र लुम्विनीको प्रचार भएको लुम्बिनी विकास कोषका का.मु. सदस्य सचिव सरोज भट्टराईले बताउनु भयो । 

बौद्ध धर्मको पवित्र ग्रन्ध त्रिपिटक नेपालका महायान सम्प्रदाय, हिमाली लामा, चीन, जापानी, भियतनामी, कम्बोडिया, थाईलैण्ड, श्रीलंका, म्यानमार, क्यानाडा लगायत १८ देशका ५ सय बढी भिक्षु भिक्षुणीहरुले ३ दिन सम्म पाठ गरेका थिए । 

लुम्बिनीको मायादेवी मन्दिरसँगैको पवित्र बगैंचामा आयोजना गरिएको त्रिपिटक पाठ कार्यक्रममा ५ सयभन्दा बढी उपासकहरुकोसमेत उपस्थिति रहेको लुम्बिनी विकास कोषका कार्यकारिणी सदस्य राजेश ज्ञवालीले बताउनु भयो ।   

कार्यक्रम निकै फलदायी भएको र बौद्ध राष्ट्हरुले पनि यसलाई निकै महत्वका साथ लिएको अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष भिक्षु मैत्रेयले बताउनु भयो ।

नेपालमा पहिलो पटक गरिएको यो कार्यक्रम अब हरेक वर्ष संचालन गरिने भिक्षु मैत्रेयले कार्यक्रम समापन समारोहका अवसरमा घोषणा गर्नु भएको छ । 

नेपालमा पहिलो पटक आयोजना गरिएको यो कार्यक्रम भारतका विभिन्न बौद्ध स्थलहरुमा बर्सेनि हुदै आएको छ । 


 

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

गोपाल भण्डारी

गोपाल भण्डारी कपिलवस्तुका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया