नेटोले पोल्यान्डमा परमाणु हतियार तैनाथ गर्न लागेपछि रुसको कडा प्रतिक्रिया

 बैशाख १३, २०८१ बिहिबार १५:३३:४६ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) ले पोल्यान्डमा परमाणु हतियार तैनाथ गर्न लागेपछि रुसले कडा प्रतिक्रिया दिएको छ ।

रुसी उप–विदेशमन्त्री सर्गेई र्‍याभकोभले यदि पोल्यान्डमा नेटोको परमाणु हतियारको सुविधा राखेमा त्यो सिधा रुस विरोधी कार्य हुने र ठूलो द्वन्द्व हुन सक्ने चेतावनी दिनुभएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । उहाँले पोल्यान्डमा परमाणु हतियार तैनाथ गरेर रुसलाई नजिस्काउन पनि चेतावनी दिनुभएको छ ।

रुसविरुद्ध प्रयोग गर्न खोज्दा युक्रेनमा लडाइँकाे अवस्था आएको उदाहरण दिँदै रुसी उपविदेशमन्त्री र्‍याभकोभले परमाणु हतियार राख्दा पोल्यान्डले पनि ख्याल गर्नुपर्ने बताउनुभयो । परमाणु हतियारको तैनाथीले पोल्यान्डलाई सुरक्षित नभई असुरक्षित बनाउने रुसको चेतावनी  छ । योबारेमा रुसले चाँडै नै आफ्नो योजना सार्वजनिक गर्ने पनि उपविदेशमन्त्रीले उल्लेख गर्नुभएको छ ।

पोल्यान्डका राष्ट्रपति एन्ड्रेज डुडाले गएको सोमवार एक अन्तर्वार्तामा आफूहरूले बारम्बार संयुक्त राज्य अमेरिकासँग पोल्यान्डमा परमाणु हतियार तैनाथ गर्ने सम्भावनाको बारेमा छलफल गरेको खुलासा गर्नुभएको थियो ।

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया