बुहारीलाई सासू-ससूराले छोरीझै अन्माइदिए

 मंसिर १, २०७५ शनिबार १९:१०:१५ | गोविन्द शर्मा
unn.prixa.net

बाँके – प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक श्रोत साधन समितिका सभापति पूर्णाकुमारी सुवेदीले आफ्नी बुहारीलाई घरबाटै दुलहीको रुपमा अन्माउनुभएको छ ।

सुवेदी र उहाँका श्रीमान ने क पा बाँकेका नेता प्रकाश सुवेदीले शनिबार कोहलपुरमा रहेको निवासमै बुहारीलाई टीका टालो गरी छोरीको रुपमा अन्माउनुभएको हो ।

बुहारी मालती शर्माले बिहे गर्ने प्रस्ताव गरेपछि सुवेदी परिवारले छोरीको रुपमा अन्माउने निर्णय गरेको हो । मालतीलाई लिनका लागि नेपालगञ्ज भृकुटीनगरका सुधीर गौतम जन्तीसहित शनिबार सुवेदी निवासमा पुग्नुभएको थियो ।

संसदीय समितिका सभापति सुवेदीले बुहारीको खुशी नै आफूहरुको खुशी भएको बताउनुभयो । ‘हामीले मालतीलाई बुहारी नभई सधैँ छोरीको रुपमा लिएका थियौं’, सुवेदीले भन्नुभयो, ‘अहिले उनको खुशीका लागि घरबाट छोरीको रुपमा बिहे गरी पठाएका छौं ।’

मालतीका श्रीमान तथा सुवेदी परिवारका जेठा छोरा नेपालगञ्जका युवा व्यवसायी अच्यूत सुवेदी तीन वर्षअघि भूकम्पमा परि काठमाडौंमा घाइते हुनुभएको थियो । उहाँको उपचारका क्रममा निधन भएको थियो ।

मालतीका छोरा र छोरी छन् । बुहारीको बिहेका लागि सुवेदी परिवारले पार्टीका नेता कार्यकर्तालाई आमन्त्रण गर्नुभएको थियो । बिहेमा सहभागी भएर फर्कनुभएकी प्रदेशसभा सदस्य कृष्ण केसी नमूनाले सुवेदी परिवारले गरेको निर्णय सामाजिक रुपमा सबैभन्दा महत्वपूर्ण पुण्यको काम भएको बताउनुभयो ।


 

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया