३१ लाख नेपाली रुपैयाँ बराबरको विदेशी नोटसहित कास्कीबाट दुईजना पक्राउ

 मंसिर ७, २०७५ शुक्रबार १५:१४:३० | सुमन गुरुङ
unn.prixa.net

कास्की – जिल्ला प्रहरी कार्यालय कास्कीले बिहीबार ठूलो परिणामको अवैध बिदेशी नोटसहित दुईजनालाई पक्राउ गरेको छ ।

भारत महाराष्ट्रका ४८ वर्षका बिनायककुमार बाबुलाल शाह र काठमाडौं महानगरपालिका वडा नम्बर ३५ कि २९ वर्षीया चन्दा थापालाई विभिन्न देशको अवैध नोटसहित  प्रहरीले पक्राउ गरेको हो ।

पोखरा लेकसाइडको एक होटलबाट नेपाली ३१ लाख २८ हजार बराबरको विभिन्न देशको नोट र अन्य सामानसहित उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुको साथबाट २० हजार अमेरिकी डलर, ३ हजार ८ सय यूरो, १ हजार १ सय पाउण्ड स्टर्लिङ, १ लाख ५ सय भारतीय रुपैयाँ र २४ हजार ८ सय ५ नेपाली रुपैयाँ बरामद गरिएको छ ।

साथै ल्यापटप, तीनवटा मोबाइल, एटीएम ६ वटा, चेकबुक ४ वटा, पेनड्राइभ, नागरिकता र पासपोर्ट पनि बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

उनीहरुलाई थप अनुसन्धानको लागि शुक्रबार राजश्व अनुसन्धान कार्यालय काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक रवीन्द्रमान गुरुङले जानकारी दिनुभयो । 
 

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुमन गुरुङ

कास्कीका उज्यालो सहकर्मी  सुमन गुरुङ रेडियाे तरङ्गमा पनि काम गर्नुहुन्छ ।

तपाईको प्रतिक्रिया