साप्ताहिक शेयर समीक्षा: सबै सूचक ठिक, तर बजारमा उत्साह कम

 मंसिर १४, २०७५ शुक्रबार १६:३६:५६ | ज्याेति दाहाल
unn.prixa.net

काठमाडाैं - लामो प्रतिक्षापछि कारोबारमा महत्वपूर्ण हिस्सा ओगट्ने वाणिज्य बैंक समूहले लाभांश र साधारणसभा घोषणा गर्न थालेका छन् ।

दुर्इवटा वाणिज्य बैंकले साधारणसभा घोषणा गरेका छन् भने सनराइज र नेपाल बंगलादेश बैंकले लाभांश घोषणा गरेका छन् । लाभांश र साधारणसभा घोषणा भैरहँदा शेयरबजारमा भने त्यसको नकारात्मक असर देखिएको छ ।

बजारको सूचक निर्धारणमा दोस्रो ठूलो भूमिका खेल्ने नबिल बैंकले लाभांश घोषणा गरेको छैन ।

सबै सूचक ठिक देखिंदा पनि बजारमा भने त्यति उत्साह देखिन सकेको छैन । अनलाइन कारोबार प्रणालीको शुरु भए पनि भनेजस्तो नभएको विषय मात्रले बजार ओरालो लागेको देखिएको छ ।

प्रथम त्रयमासको वित्तीय प्रतिवेदनलाई आधार मान्ने हो भने बजारमा यतिबेला बजारमा अहिले कम्तिमा दैनिक १ अर्ब हाराहारीमा कारोबार हुनुपर्नेमा त्यस्तो देखिन सकेको छैन । बजारमा किन्नेको कमी देखिएको छैन ।

एक अनौपचारिक तथ्यांक अनुसार बजार बढेको बेला जति रकम बैंकबाट ऋणको रुपमा गएको थियो अहिले पनि त्यति नै देखिएको छ । यसको मतलब बजारबाट कोही पनि बाहिरिएको देखिन्न ।

त्यस्तै सञ्चालनमा रहेका सामूहिक लगानी कोषले पनि रकम झिकेको देखिएको छैन । अझ अरु थप सामूहिक कोष बजारमा आउन अनुमति मागिरहेका छन् ्र तत्काल बजारमा मन्दी देखिए पनि यो स्थिति अन्त्य हुन धेरै समय लाग्ने देखिंदैन ।

जे जस्तो भए पनि अनलाइन कारोबार प्रणालीके सुरुवात भइसकेको हुँदा अब पछाडि नफर्की अगाडि नै बढ्नुको विकल्प हुन्न ।

अनलाइन प्रणाली सञ्चालनमा आएको प्राविधिक समस्या ढिलो वा चाँडो समाधानको बाटोमा नै जाने हुँदा अत्तालिनु पर्ने कारण देखिन्न ।

बेला बेलामा तरलताको समस्या बढ्यो, बैंकमा रकम अभाव जस्ता स(साना समाचारले पनि अलिकति मनोविज्ञानलाई विचलित गराउन खोजेको देखिन्छ ।

तरलता समस्याभन्दा पनि यसलाई बैंकको आन्तरिक समस्या भनेर बुझ्नुपर्छ । बैंकले लगानी व्यवस्थापन गर्न नसकेको र बचत परिचालनमा चुकेको भन्न सकिन्छ ्र बैंकिङ भाषामा ये क्रेडिट क्रञ्च हो ।

यस्तो समस्या आम नभएर संस्थागत मात्र हो । तरलता अभाव हुन्थ्यो भने बैंकबाट निक्षेपकले आफ्नो बचत फिर्ता नपाउने अवस्था हुन्थ्यो तर कसैले पनि आफ्नो निक्षेप लिन नसकेको अवस्था देखिएको छैन । यस्तो अवस्था नदेखिएको हुँदा यस्ता समाचारबाट अत्तालिएर आकाश खसे जस्तो भाग्नुपर्ने स्थिति आएको छैन ।

नयाँ सूचीकरण 

नेपाल क्रेडिट एण्ड कमर्श बैंकको हकप्रद शेयर सूचीकरण भएको छ ।


नयाँ शेयररहकप्रद

जारी भइरहेको नयाँ शेयर र हकप्रद सम्बन्धी विवरण तालिकामा उल्लेख छ ।

घोषित लाभांश 

वाणिज्य बैंकले प्रतीक्षाको घडी समाप्त पार्दै लाभांश घोषणा गर्ने क्रम शुरु भएको छ । सानिमा बैंकले लाभांश घोषणाको ढोका खोलिदिएपछि अन्य बैंकले पनि लाभांश घोषणा गर्न थालेका छन् । घोषणा भएका तर साधारणसभा आह्वान नभएका कम्पनीको सूची तालिकामा दिइएको छ ।

साधारणसभा  र बुक क्लोज 

कम्पनीहरुले लाभांश घोषणा सँगसँगै साधारणसभा समेत शुरु गर्न थालेका छन् । साधारणसभा र बुक क्लोज मिति तालिकामा उल्लेख गरिएको छ । 

निर्वाचन र नियुक्ति

कन्काई विकास बैंकको संचालक समितिमा सर्वसाधारण शेयरधनीको तर्फबाट प्रेमप्रसाद सुबेदी, अनिता खत्री र मनोजकुमार प्रसाई निर्विरोध निर्वाचित भएका छन् । स्वावलम्वन लघुवित्तले साधना उपाध्यायलाइ २ वर्षको लागि स्वतन्त्र सञ्चालक नियुक्त गरेको छ ।

अन्य गतिविधि 

ग्रीन लाइफ हाइड्रोपावर कम्पनी, शुभम् पावर कम्पनी, रुरु जलविद्युत परियोजना, माउन्टेन हाइड्रो, युनियन हाइड्रोपावर, स्वाभिमान लघुवित्त, जनसेवी लघुवित्त, आशा लघुवित्त, स्पर्श लघुवित्त, भैरवकुण्ड हाइड्रोपावरले साधारण शेयर जारी गर्न अनुमति मागेका छन् ।

बरुण हाइड्रोपावर, सिर्जना फाइनान्स, मिथिला र उन्नति लघुवित्तले पनि हकप्रद जारी गर्न अनुमति मागेका छन् ।

मल्टिपर्पोज फाइनान्सले ८ सय ६५ प्रतिशत हकप्रद जारी गर्न अनुमति मागेको छ । सम्भवत अहिलेसमको धेरै अनुपातमा मागिएको हकप्रद यहि होला ।


 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

ज्याेति दाहाल

अधिवक्ता दाहाल शेयर बजार मामिलामा दख्खल राख्नुहुन्छ । 

तपाईको प्रतिक्रिया