साप्ताहिक शेयर समीक्षा: शेयरबजारमा एकल प्रकृतिका कम्पनी मात्र हुँदा लगानी विविधिकरण भएन

 मंसिर २८, २०७५ शुक्रबार १९:२५:२३ | ज्याेति दाहाल
unn.prixa.net

काठमाडाैं - आर्थिक वर्षको पहिलो अर्धवार्षिक समाप्त हुन १ महिना मात्र बाँकी हुँदासमेत शेयरबजारमा महत्वपूर्ण हिस्सा ओगट्ने वाणिज्य बैंकले साधारणसभा गर्ने जमर्को समेत देखाएका छैनन् ।

कारोबारमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने र लगानीकर्ताले बढी आशा गर्ने नेपाल इन्भेष्टमेन्ट बैंकले नगद र बोनस गरी ४० प्रतिशत लाभांश घोषणा गरेको छ ।

नबिल बैंकले भने पहिले नै घोषणा गरिसकेको छ । लाभांश घोषणा सँगसँगै साधारणसभा घोषणा हुने क्रम पनि बढिरहेको र बुक क्लोज गर्ने समय पनि नजिक आइरहेको छ । 

तर लगानीकर्तामा खासै उत्साह र उमंग देखिन सकेको छैन । केही बैंकले बढाएको ब्याजदरलाई लिएर पनि चिन्ता र चासो पनि व्यक्त भएको पनि देखिएको छ । केही हदसम्म व्याजदर वृद्धिले असर पर्न वा पार्न सक्ने भए पनि अहिलेको शेयरबजारमा गिरावट आउनुमा यसलाई मात्र दोष दिन सकिन्न ।

कारोबार मापन गर्ने नेप्से इन्डेक्स मात्र पनि मूल कारण बन्न नहुनेमा यस्ता स-साना विषय पनि गिरावटको मूल कारण बन्न खोजेको छ । शेयर सूचकमा गिरावट आउनमा शेयरबजारमा एकल प्रकृतिका कम्पनी मात्र हुँदा लगानी विविधिकरण नहुँदा किने पनि त्यही बैंक बेचे पनि त्यहि बैंक बनेकाले नयाँ क्षेत्रमा जान नसकिएको कारण पनि त्यति उत्साह देखिन नसकेको हुनसक्छ ।

बैंक र बीमा उस्तै प्रकारका भएकाले यीभन्दा फरक देखिएको जलविद्युत समूहमा प्रतिफलको अभाव भएका कारण त्यतापट्टि लगानी गर्न लालसा देखिन सकेको छैन ।

सरकारले शेयरबजार सम्बन्धमा सुझाव दिन नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नरको अध्यक्षतामा गठन गरेको कार्यदलले आज शुक्रबार प्रतिवेदन बुझाउने कार्यतालिका भए पनि आउँदे आइतबार मात्र बुझाउने सम्भावना रहेको छ ।

कार्यदलले के कस्ता सुझाव दिने हो त्यसमा अबको बजारको दिशा निर्धारित हुने अनुमान गर्न सकिन्छ । नेपाल स्टक एक्सचेन्जले अनलाइन कारोबारको लागि ग्राहक सम्झौताको ढाँचा सार्वजनिक गरेपछि अहिले ग्राहकले सम्झौता गर्ने कार्य अघि बढेको छ ।

यस साता सर्वाधिक पूँजीकरण भएका ५ कम्पनी 

सूचीकरण 

यस हप्ता सूचीकरण भएका कम्पनी निम्न रहेका छन् । 


नयाँ शेयररहकप्रद

जारी भईरहेको नयाँ शेयर र हकप्रद सम्बन्धी विवरण तालिकामा उल्लेख छ ।

नेप्सेमा सूचिकृत कम्पनीले धमाधम लाभांश घोषणा गरिरहेका छन् । कतिपय कम्पनीले साधारणसभा समेत सम्पन्न गरेका छन् । घोषित लाभांश तालिकामा पेश गरिएको छ । 

वाणिज्य बैंक समूह 

   


 

विकास बैंक समूह 

   

 

लघुवित्त समुह 

    

वित्त, जलविद्युत र बीमा 
 

साधारणसभा  र बुक क्लोज 

कम्पनीहरुले लाभांश घोषणा सँगसँगै साधारणसभा समेत सुरु गर्न थालेका छन् ्र साधारणसभा र बुक क्लोज मिति तालिकामा उल्लेख गरिएको छ । 

राजीनामा, नियुक्ति र मनोनयन 

एनएमबी माइक्रोफाइनान्सका प्रमुख कार्यकारी अधिकृत फनिलाल चौधरीको मृत्युपछि रामप्रसाद मिश्रलाई निमित्त तोकेको छ । त्यस्तै गोबिन्द बाँस्तोलालाइ कम्पनी सचिवमा नियुक्त गरेको छ ।

स्वरोजगार लघुवित्तले मनोजकृष्ण उप्रेतीलाइ प्रमुख कार्यकारी अधिकृत एवम कम्पनी सचिवमा नियुक्त गरेको छ । सहयोगी विकास बैंकले गिरधारीलाल शर्मा भुसाललाई संचालकमा नियुक्त गरेको छ ।

सानिमा बैंकमा सर्वसाधारण तर्फबाट महेश घिमिरे र भरतकुमार पोखरेल संचालक निर्वाचित भएका छन् ।

निर्धन उत्थान लघुवित्तमा संस्थापक तर्फबाट देवेन्द्रबहादुर राउत र सर्वसाधारण तर्फबाट टोपबहादुर रायमाझी र सम्रिता तिवारी निर्वाचित भएका छन् ।

अन्य गतिविधि 

सिभिल बैंकको केन्द्रीय कार्यालय सुन्धारास्थित सिभिल ट्रेड सेन्टरमा  स्थान्तरण भएको छ । 

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

ज्याेति दाहाल

अधिवक्ता दाहाल शेयर बजार मामिलामा दख्खल राख्नुहुन्छ । 

तपाईको प्रतिक्रिया