नेपाल वायु सेवा निगमले अब भोजपुर–काठमाडौं सातै दिन उडान भर्ने

 पुस २३, २०७५ सोमबार १४:३८:१८ | बुद्ध तामाङ
unn.prixa.net

भोजपुर – भोजपुर–काठमाडौं हप्तामा सातै दिन उडान हुने भएको छ । नेपाल वायु सेवा निगमले उडान तालिका थप गरेपछि हप्ताको सातै दिन उडान हुने भएको हो । 

डेढ महिनादेखि मौसमका कारण बन्द रहेको भोजपुर–विराटनगर अब हप्तामा दुईदिन उडान हुने नेपाल वायु सेवा निगम भोजपुरका सहायक स्टेशन प्रमुख राजु मिजारले बताउनुभयो । प्रमुख मिझारले भन्नुभयो, ‘अब भोजपुर–काठमाडौं हप्ताको सातैदिन सञ्चालन उडान भर्छौँ भने विराटनगर हप्तामा दुई पटक आइतबार बिहीबार उडान हुने छ ।’

जिल्लाको एक मात्र विमानस्थलमा नियमित उडान नहुँदा हवाई यात्रुले समस्या दैनिक समस्या झेल्दै आएका छन् । उत्तरी क्षेत्र षडानन्द नगरपालिका र साल्पा सिलिछो गाँउपालिकाका यात्रुले भने संखुवासभाको तुम्लिङ्गटार विमानस्थललाट यात्रा गर्ने गरेका छन् ।

त्यहाँबाट हप्ताको  ६ दिन उडान गर्दै आएको नेपाल वायु सेवा निगमले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

बुद्ध तामाङ

बुद्ध तामाङ भोजपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया