अर्थमन्त्रालयका कर्मचारीलाई आचारसंहिताः हाकिमका कुरा नकाट्नू, जाँडरक्सी नखानू, भड्किलो नबन्नू

 माघ ७, २०७५ सोमबार १९:२१:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डै - अर्थ मन्त्रालयले कर्मचारीका लागि आचारसंहिता बनाएको छ ।

मन्त्रालयले ९ वटा शीर्षकमा विभिन्न आचारसंहिता बनाएको हो । जहाँ हाकिम र सहकर्मीका बारेमा नकारात्मक टिप्पणी गर्न नपाइनेदेखि मन्त्रालय बाहिर रहँदा पनि भड्किलो पारामा उपस्थित नहुने उल्लेख छ । 

मन्त्रालयको कामकाज पारदर्शी बनाउन र राष्ट्रसेवकलाई अनुशासनमा राख्न आचारसंहिता बनाइएको मन्त्रालयले जनाएको छ । 

आचार संहितामा सामाजिक सञ्जाल प्रयोग गर्दा सजगता अपनाउने, तोकिएको पोशाकमा कार्यालय आउनुपर्ने, विनाकारण फाइल अड्काउन नहुने, व्यक्तिगत प्रयोजनको लागि मन्त्रालयका सामग्री प्रयोग नगर्ने लगायतका कुरा उल्लेख छ । 

अर्थमन्त्रालयमा आउने नयाँ कर्मचारीले आचारसंहितामा भएका कुरा पालना गर्ने सपथ खाएर मात्रै काम गर्नुपर्ने पनि उल्लेख छ । 


यस्तो छ अर्थमन्त्रालयको आचारसंहिता –

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया