युएईमा सामान्य नियम नबुझ्दा कामदार समस्यामा

 असार ७, २०७५ बिहिबार १२:७:१३ | उमाकान्त पाण्डे

युएई – युएईमा रहेका नेपालीका कामदारले सामान्य नियमको बारेमा जानकारी नराख्दा समस्यामा पर्ने गरेको पाइएको छ ।

नेपाली दूतावास युएईले कामदारका समस्या बुझ्न कार्यस्थलमै गएर गरेको कार्यक्रममा श्रमिकले समस्यामा पर्दा कहाँ जाने र कसरी उजुरी गर्ने भन्ने विषयमा उनीहरु जानकार नभएको पाइएको हो । 

५ सयभन्दा धेरै नेपाली कार्यरत रहेको क्लिन्को क्लिनिङ कम्पनीमा बुधवार दूतावासले सचेतना कार्यक्रम गरेको हो । कामदारलाई युएईका नीति नियम र यहाँ बस्दा अपनाउनुपर्ने सावधानीका विषयमा जानकारी दिएको दूतावासले जनाएको छ । 

यो कम्पनी ९ सयदेखि १२ सय दिर्हाममा नेपालीले काम गरिरहेका छन् । यही कम्पनीमा डेढ वर्ष पहिले ४० जना नेपाली समस्यामा परेका थिए । 

तर अहिले दूतावासबाटै मागपत्र प्रमाणीकरण अनिवार्य गरिएपछि कम्पनीले सुधारका प्रयास गरेको कार्यवाहक राजदूत सागरप्रसाद फुयाँलले जानकारी दिनुभयो । अहिले कम्पनीमा समस्या नभेटिएको पनि उहाँले जानकारी दिनुभयो ।

धेरै मेहनत र थोरै तलब पाउने क्षेत्रमा कार्यरत नेपाली कामदारसँग कार्यस्थलमै पुगेर दूतावासका प्रतिनिधिले भेट्ने र सचेतनाका बिषयमा कामदारसँग प्रत्यक्ष छलफल गर्ने गरेको द्वितीय सचिव तथा सूचना अधिकारी बिष्णुकुमारी अधिकारीले जानकारी दिनुभयो ।

युएईको कानुन अनुसार काम बन्द गरेर आन्दोलन गर्न वा लडाईं झगडा गर्न पाइँदैन । तर कामदारमा यस्ता विषयको पनि जानकारी नभएको पाइएकाले कार्यक्रम गरेरै जानकारी गराइएको युएईका लागि श्रमसहचारी मोतिराम भुसालले बताउनुभयो । 
 

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

उमाकान्त पाण्डे

उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ। 

तपाईको प्रतिक्रिया