भारतीय महिलालाई नागरिकता दिलाउने नक्कली बाबु आमासहित वडा अध्यक्ष पक्राउ

 असार ८, २०७५ शुक्रबार ११:३२:३० | प्रेमनारायण आचार्य
unn.prixa.net

अर्घाखाँची - झुटो विवरण पेश गरी भारतीय महिलाले बंशजको नागरिकता लिएपछि शितगंगा नगरपालिका  १३ का वडाअध्यक्ष सहित तीनजना पक्राउ परेका छन् । 

वडा नम्वर १३ सिमलपानीका चुडामणि भाट क्षेत्रीले  श्रीमती भारतीय महिला सीता भाट क्षेत्रीलाई नेपाली नागरिकता बनाउन झुठो विवरण दिएको भन्दै  कर्णबहादुर भाट क्षेत्री, मनि भाट क्षेत्री र  वडाअध्यक्ष दुर्गाबहादुर बिसीलाई प्रहरीले पक्राउ गरेको हो । 

भारतीय महिलालाई नागरिकता  प्रमाणपत्र दिलाउन कर्णबहादुर भाट क्षेत्रीले बुवा र मनि भाट क्षेत्रीले आमा बनेर झुटो विवरण पेश गरेर कीर्ते गरी नागरिकता दिलाएको भेटिएपछि उनीहरुलाइ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलयका प्रहरी निरीक्षक प्रदिपकुमार डिसीले जानकारी दिनुभयो ।

बुबा आमाको नाता कायम गरी  वडाध्यक्ष बिसीले जन्म दर्ताको प्रमाणपत्र समेतको सिफारिस लिई वंशजको आधारमा मिति २०७४ साउन  २३ गते   नेपाली नागरिकताको प्रमाणपत्र बनाएका थिए  ।

नक्कली नागरिकता बनाउन लगाउन योजना बनाउने  चुडामणि भाट क्षेत्री भने फरार छन् ।


 

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

1 Comments

  • नवीन तिमल्सिना

    June 23, 2018, 7:18 p.m.

    दार्जिलिङका ध्रुबकुमार अनुराधा तामाङका छोरा प्रशान्त तामाङ पाख्रीन भन्ने व्यक्तिले पनि धरान ठेगाना बनाएर वंशजको आधारमा नागरिकता लिएका छन् । उनले फुपाजु विजयकुमार र फूपू भारती तामाङको छोरा बनेर नागरिकता लिएका हुन् । फूपू र फुपाजुले समेत नक्कली नागरिकता लिएका हुन् । उनले नेपालबाट राहदानीसमेत लिइसके । हाल प्रशान्त भन्ने व्यक्ती हेटौंडामा StandBy Me Nepal भन्ने इसाइ INGO चलाउंदछन् । सम्पुर्ण प्रमाणसमेत उजुरी गर्दासमेत उनिमाथी हालसम्म कुनै कारवाही भइरहेको छैन । हाल यिनका परिवार कुरा मिलाउन निकै नै दौडधुप गर्दैछन् ।सायद पैसाको खोला पनि बगाउंदै होलान् ।

  •  0 Reply

तपाईको प्रतिक्रिया