मूल्यवृद्धि फिर्ता नलिए सरकारविरुद्ध सडक संघर्षमा उत्रने नेविसंघको चेतावनी

 असार ८, २०७५ शुक्रबार १५:४२:६ | उज्यालो सहकर्मी

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थसहित दैनिक उपभोग्य बस्तुको मूल्यवृद्धि फिर्ता नभएसम्म सरकारविरुद्धको सडक संघर्ष जारी रहने चेतावनी दिएको छ । 

नेपाल विद्यार्थी संघले शुक्रबार अपरान्ह नेपाल आयल निगमको केन्द्रीय कार्यालयसहित देशका विभिन्न भागमा रहेका निगम कार्यालयको मूल गेटमा धर्ना दिँदै मूल्यवृद्धि फिर्ता नभएसम्म सरकार विरुद्धको सडक संघर्ष जारी रहने चेतावनी दिएको हो । 

निगमको केन्द्रीय कार्यालय, काठमाडौंमा आयोजित धर्ना कार्यक्रमको नेतृत्व गर्नु भएका संघका उपाध्यक्ष पुष्पविक्रम शाहीले जनताको दैनिक उपभोग्य बस्तुमा बढाइएको मूल्य वृद्धि फिर्ता नभएसम्म आन्दोलन नरोकिने चेतावनी दिनुभयो । धर्ना कार्यक्रममा सहभागी भएका विद्यार्थीहरुले पेट्रोलियम पदार्थसहित दैनिक उपभोग्य बस्तुमा मूल्य वृद्धि गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध चर्का नाराबाजी समेत लगाएका थिए ।

संघले पेट्रोेलियम पदार्थमा गरिएको मूल्यवृद्धि एकमुष्ट रुपमा फिर्ता गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै आएका छन् । पेट्रोलियम पदार्थमा पछिल्लो पटक मूल्य वृद्धि गरेलगत्तै संघले सरकारविरुद्ध सडक संघर्ष सुरु गरेको हो ।

अन्तिम अपडेट: चैत २५, २०८०

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया