एअर डाइनेस्टी हेलिकप्टर दुघर्टना : खराब मौसमले छानबिन टोली ताप्लेजुङ जान सकेन

 फागुन २२, २०७५ बुधबार १९:४४:२२ | अर्जुन पोख्रेल
unn.prixa.net

दुर्घटनाग्रस्त हेलिकप्टर

काठमाण्डौ – खराब मौसमका कारण स्वर्गीय संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको ज्यान जानेगरी भएको हेलिकप्टर दुघर्टनाको छानबिनमा ढिलाइ भएको छ । 

फागुन १५ गते दिउँसो भएको दुर्घटनाको छानबिन गर्न १५ गते बेलुकी बसेको मन्त्रिपरिषद्को बैठकले पूर्व सचिव यज्ञप्रसाद गौतमको संयोजकत्वमा सहायक रथी दीपक बास्तोला, क्याप्टेन प्रमोद लामा र पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने सदस्य रहेको छानबिन समिति गठन गरेको थियो । 

समितिले प्रारम्भिक काम मानिने केही कागजी काम गरे पनि मौसमको खराबीका कारण दुघर्टनास्थलमा जान नपाएकाले अनुसन्धानको काम गर्न सकेको छैन । 

‘हामीले केही प्रारम्भिक काम त गरेका छौँ, तर खराब मौसमका कारण घटनास्थल जान नसक्दा धेरै काम अघि बढ्न सकेको छैन’, छानबिन समितिका सदस्य तथा पर्यटन मन्त्रालयका सह–सचिव बुद्धिसागर लामिछानेले उज्यालो अनलाइनसँग भन्नुभयो । उहाँले भन्नुभयो, ‘हामीले प्रयास गर्दा पनि मौसमले साथ दिएको छैन, अनुसन्धानका लागि ताप्लेजुङका सिडिओ, सुरक्षा निकायसँग त सहकार्य भैरहेको छ ।’

मौसमले साथ दिनेबित्तिकै आफूहरु ताप्लेजुङ जाने सह–सचिव लामिछानेले जानकारी दिनुभयो । उहाँले दुघर्टनास्थल निकै विकट भएको र हाई अल्टिच्यूडको कारण झनै खतरा रहेको पनि बताउनुभयो । 

हेलिकप्टर पुरै जलेकाले अनुसन्धानमा चुनौती

मन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको ज्यान जानेगरी भएको हेलिकप्टर दुघर्टना निकै अप्ठेरो ठाउँमा रहेको छानबिन समितिका सदस्य बुद्धिसागर लामिछानले जानकारी दिनुभयो । त्यस्तै हेलिकप्टरको पुच्छरबाहेक अरु सबै भाग जलेर खरानी भएको देखिएकाले अनुसन्धानमा पनि कठिनाइ हुन सक्ने उहाँको भनाइ छ । 

‘घटनास्थल हेर्दादेखि काम लाग्ने कुरा बाँकी छ जस्तो देखिन्न, अगाडिको भाग पुरै सखाप छ, पुच्छर मात्रै देखिएको छ, पत्ता लगाउन धेरै मेहेनेत गर्नुपर्ने देखिन्छ’, लामिछानेले भन्नुभयो, ‘सानो चिप्स पनि भेटिने हो कि होइन भन्नेका शंका छ, त्यसैले विदेशबाट अनुसन्धान उपकरण र प्राविधिक ल्याउने अवस्था आउन पनि सक्छ ।’

फागुन १५ गते दिउँसो भएको हेलिकोप्टर दुर्घटनामा  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी, मन्त्री अधिकारीका अंगरक्षक अर्जुन घिमिरे, पाइलट प्रभाकर केसी, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक विरेन्द्रप्रसाद श्रेष्ठ, निर्देशक ध्रुवदास भोछिभोया, मन्त्रिपरिषद कार्यालयका उपसचिव युवराज दाहाल र यति एयरलाइन्सका  प्रवन्ध निर्देशक आङछिरिङ शेर्पाको ज्यान गएको थियो ।
 

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

अर्जुन पोख्रेल

उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।  

तपाईको प्रतिक्रिया