घरबाटै एसईई दिँदै 'करिश्मा'

 चैत १०, २०७५ आइतबार १८:३६:५५ | जयराज अवस्थी
unn.prixa.net

बैतडी – आइतबारदेखि सुरु भएको एसईई परीक्षा दिन परीक्षार्थीहरु आ-आफ्नो परीक्षा केन्द्रमा गएका छन् । तर करिश्मा भने आफ्नै घरमा बसेर एसईई परीक्षा दिइरहेकी छिन् ।

अपांगता भएका कारण केन्द्रसम्म पुग्न नसक्ने भएकाले दशरथचन्द नगरपालिका-२, देहीमाण्डौकी करिश्मा बोहोराले घरबाटै एसईई परीक्षा दिन थालेकी हुन् । उनलाई घरबाटै परीक्षा दिने व्यवस्था मिलाइएको छ ।

उनी पढ्ने विद्यायलयको केन्द्र मणिलेक मावि गुरुखोलामा परेको छ । तर उनी त्यहाँसम्म पुग्न नसक्ने भएकाले घरबाटै परीक्षा दिने व्यवस्था मिलाइएको शिक्षा विकास तथा समन्वय इकाई प्रमुख नरेन्द्रप्रसाद अवस्थीले बताउनुभयो । 

करिश्माको परीक्षाको लागि एक जना निरीक्षक र एक जना सुरक्षाकर्मीको व्यवस्था गरीएको इकाई  प्रमुख अवस्थीले बताउनुभयो । आफूले घरमै पढ्न पाएको र घरबाटै (एसईई) परीक्षा दिन पाउँदा निकै खुसी लागेको करिश्माले बताइन्। 

दशरथचन्द नगरपालिका-२, देहीमाण्डौका पूर्णबहादुर बोहरा र देवकी बोहराका चार सन्तानमध्ये दुई छोरी र एक छोरा अपांगता भएका छन् । छोरीहरु ठूला भइसकेकाले बोकेर विद्यालय लैजान नसक्दा घरमै राख्नुपर्ने अवस्था रहेको थियो ।

यसै वर्षदेखि शिक्षा विकास तथा समन्वय इकाई, दशरथचन्द नगरपालिकाको सहयोगमा घरमै शिक्षकको व्यवस्था गरेर उनीहरुको पठनपाठनमा पहुँच पुर्‍याइएको छ । 

यस्तै सुर्नया गाउँपालिका वडा नं-८, मा रहेकाे केदार मावि कठमडामा अध्ययनरत छात्रा दीपा बोहराले पनि सहयोगी मार्फत परीक्षा दिएकी छिन् । दृष्टिविहीन र शारीरिक अपाङगता भएकी दीपाको कक्षा ९ मा अध्ययनरत सुमित्रा साउदले परीक्षा सहयोगी भएर परीक्षा दिएकी हुन् ।

रौलेश्वर माविमा परीक्षा केन्द्र रहेकी दिपाले परीक्षामा लेख्न नसक्ने भएकोले यो व्यवस्था गरिएको शिक्षा विकास तथा समन्वय इकाई बैतडीले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

जयराज अवस्थी

जयराज अवस्थी बैतडीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया