उपचुनाव : उत्साहजनक र शान्तिपूर्ण रूपमा मतदान चल्दै
बैशाख १५, २०८१ शनिबार
काठमाण्डाै - आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले दाङको घोराही तथा सल्यानकाे श्रीनगरमा नयाँ शाखा खाेलेकाे छ ।
शनिबार दाङको घोराहीमा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले नयाँ शाखाकाे उद्घाटन गर्नुभयो ।शाखाकार्यालयको उद्घाटन गर्दैअध्यक्ष ढकालले करिब बीस वर्ष अघिदेखि नै आईएमई ग्रुपका विभिन्न सेवाहरू विशेष प्राथमिकताका साथ दाङमा स्थापना गरिँदै आएको स्मरण गर्नुभयो ।
उद्घाटनका क्रममा अध्यक्ष ढकालले घोराहीमा खाेलिएकाे शाखाले सेवाग्राही थप लाभान्वित हुने बताउनुभयो ।
त्यस्तै आइतबार सल्यान जिल्लाको शारदा नगरपालिका १, श्रीनगरकाे शाखा कार्यालय पनि उद्घाटन गरियाे । शाखाकाे सल्यान जिल्ला समन्वय समितिका अध्यक्ष केश बहादुर विष्ट र आइएमई ग्रुपकाअध्यक्ष ढकालले संयुक्त रुपमा गर्नुभएकाे थियाे ।