जाजरकोटबाट विप्लव नेतृत्वका डोल्पा इञ्चार्ज पक्राउ

 चैत २८, २०७५ बिहिबार ८:४:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

जाजरकोट – नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेता वीरबहादुर खड्का (क्षितिज)लाई जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट खटिएका प्रहरीले प्रक्राउ गरेका छन् ।

जाजरकोट सदरमुकाम खलंगाको थाप्ले बजारमा होटल व्यवसाय गर्दे आएका खड्कालाई बुधबार साँझ पक्राउ गरिएको जाजरकोट प्रहरी प्रमुख श्यामबहादुर खत्रीले जानकारी दिनु भयो । विप्लव नेतृत्वको डोल्पा जिल्ला इञ्चार्ज रहेका खड्कालाई थाप्लेमा रहेको उनकै घरबाट पक्राउ गरिएको हो ।

खड्कालाई  खलंगामा वसेर सरकारविरोधि गतिविधि गरेको आरोपमा पक्राउ गरिएको जाजरकोट प्रहरीले जनाएको छ ।
 

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया