‘गली ब्वाय’ मा औसत अभिनय गरेकी आलियासँग मेरो तुलना गरेर लज्जित नबनाउनूहोस्: कंगना रनावत

 चैत २९, २०७५ शुक्रबार १५:५४:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

बलिउड अभिनेतृ कंगना रनावतले एकपटक फेरि आलिया भट्टलाई निशाना बनाएकी छिन् । यसअघि पनि आलियाविरुद्ध मिडियासामु आफ्नो रिस पोखिसकेकी कंगनालो अहिले फेरि आलियाका बारेमा निकै दुख लाग्दो बयान दिएकी छिन् ।

कंगनाले सन् २०१९ का फिल्महरुको कुरा गर्ने क्रममा ‘गली ब्वाय’ मा आलिया भट्टको अभिनय औसत रहेकाले उनीसँग आफ्नो तुलना नगर्न भनेकी छिन् । कंगना रनावत यस वर्ष फिल्म ‘मणिकर्णिका’ मार्फत दर्शकमाझ आएकी थिइन् । 

एक भारतीय अनलाइनले २०१९ को पहिलो ३ महिनामा रिलिज भएका फिल्मकी अभिनेतृहरुबीच कसको अभिनय उत्कृष्ट भनेर एउटा जनमत बटुलेको थियो । जसमा ‘मणिकर्णिका’ बाट कंगना रनावत र ‘गली ब्वाय’ बाट आलिया भट्टको नाम राखिएको थियो । जसको नतिजामा अभिनेत्री कंगना रनावतले आलिया भट्टलाई पछि पार्दै सबैभन्दा धेरै भोट पाएकी थिइन् ।

यसैको प्रतिक्रियाका लागि कंगनासँग कुरा गर्दा उनले आलियाको खिल्ली उडाउँदै भनेकी छिन्, ‘यो एकदमै लाजमर्दो कुरा हो । ‘गली ब्वाय’मा आलियाले मलाई पछि पार्नेजस्तो के अभिनय गरेकी छिन् ? त्यही धेरै बोल्ने रिसालु केटी...एक स्वतन्त्र र सशक्त महिलालाई देखाउने बलिउडको पुरानो फर्मुला.. कृपया मलाई आलियासँग तुलना गरेर लज्जित नबनाउनुहोस । मिडियाले यी फिल्मी बच्चाहरुलाई चाहिनेभन्दा बढी नै माया दिएको छ । यिनीहरुको औसत कामको सराहना गर्न बन्द गर्नुहोस् । होइन भने अभिनयको दर्जा कहिल्यै अगाडि बढ्न पाउनेछैन ।’

अभिनेत्री कंगना रानावतको यस किसिमको बयानपछि आलिया भट्टले कस्तो प्रतिक्रिया दिनेछिन् त्यो हेर्न बाँकी नै छ । यतिबेला आलिया फिल्म ‘कलंक’ को प्रमोशनका व्यस्त छिन् । यसपछि उनी अभिनेता रणबिर कपूरसँगकाे फिल्म ‘ब्रह्मास्त्र’ मार्फत दर्शक माझ आउनेछिन् ।

यसबाहेक बाहुबली निर्देशक एसएस राजामौलीको फिल्म ‘आर आर आर’, सञ्जय लीला भन्साली र सलमान खानको फिल्म ‘इन्शाअल्लाह’ र उनकै होम प्रोडक्शनको फिल्म ‘सडक २’ लगायतका फिल्ममा पनि आलिया भट्टको मुख्य अभिनय रहनेछ । 

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया