सुपरस्टार मेस्सी भर्सेस लयमा रहेका पोग्बा

 असार १६, २०७५ शनिबार ११:२४:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

विश्वकप २०१८ अन्तर्गतको नकआउट चरणको पहिलो खेलमा शनिबार बेलुकी पौने ८ बजे फ्रान्स र अर्जेन्टिना प्रतिपस्र्धा गर्दैछन् । दुर्भाग्य नै भन्नुपर्छ दुई ठूला टिम नकआउट चरणमा नै भेट भएकाले आज पराजित हुने घर फर्किनु पर्ने हुन्छ ।

आजको खेलमा अर्जेन्टिनी स्टार लियोनल मेस्सी तथा फ्रेन्च स्टार पोग्बामा सबैको ध्यान केन्द्रित हुनेछ ।

लियोनल मेस्सी – अर्जेन्टिना

अर्जेन्टिनाका प्रेरणा, टोलीका नेता, कप्तान र सर्वश्रेष्ठ खेलाडी । बार्सिलोनाका सुपरस्टार मेस्सी रुसमा सुरुवाति दुई खेलमा आलोचनाका शिकार बने । तर, अन्तिम खेलमा नाइजेरियाविरुद्ध गोल गरेपछि उनले आफ्नो स्थायी लयको छनक दिएका छन् । फ्रान्ससँगको खेलमा धेरै हदसम्म अर्जेन्टिनी टोली मेस्सीमा निर्भर रहन्छ, जस्तो कि यसअघिका खेलहरुमा देखिएको थियो ।

पाउल पोग्बा

फ्रान्सका मुख्य खेलाडी पाउल पोग्बालाई डेनमार्कविरुद्धको खेलमा आराम दिइएको थियो । उनी अर्जेन्टिनाविरुद्ध प्लेइङ सेटमा आउनेछन् । अर्जेन्टिनाको मिडफिल्ड अहिलेसम्म शानदार देखिएको छ । र, उच्च लयमा रहेका पोग्बा त्यसलाई ध्वस्त पार्न फ्रान्सको मुख्य हतियार हुनेछन् । समूह चरणको सुरुवाति दुई खेलमा जित हासिल गर्न पोग्वाको प्रदर्शन अहम रहेको थियो ।

 
 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया