विश्वकप फुटबलमा ब्राजिल र बेल्जियम खेल्ने, यस्तो छ इतिहास

 असार १९, २०७५ मंगलबार १०:४३:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

विश्वकप फुटबलको क्वाटरफाइनलमा ब्राजिल र बेल्जियम खेल्ने भएका छन् । सोमबार रातिका खेलमा आ आफ्ना खेल जित्दै दुवै टिमले अन्तिम ८ को भेट पक्का गरेका हुन् । क्लबमा अनुबन्ध खेलाडीको पारिश्रमिकका हिसावले सबैभन्दा महंगो टिम बेल्जियमले जापानलाई ३–२ ले हराएको हो । दुई – शून्यले पछि परेको अवस्था उल्टाउँदै बेल्जियम विजयी भयो । यस्तै ब्राजिलले मेक्सिकोलाई दुई – शून्यले हराएको हो । 

सन् १९९० को विश्वकपमा अन्तिम १६ बाट बाहिरिएको ब्राजिल त्यसयताका हरेक प्रतियोगितामा कम्तीमा क्वार्टरफाइनलसम्म पुगेको छ । पाँच पटकको विश्वविजेता ब्राजिल लगातार सातौंपल्ट विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।

बेल्जियम र ब्राजिलले अहिलेसम्म ४ पटक खेलेकोमा ब्राजिल तीनपटक र बेल्जियम एक पटक विजयी भएका थिए । ब्राजिल र बेल्जियमले पहिलोपटक सन् १९६३ मा खेलेका हुन् । त्यो खेलमा ब्राजिललाई बेल्जियमले ५–१ ले हराएको थियो । त्यसयताका सबै खेलमा ब्राजिल हावी हुँदै आएको छ ।

१६ वर्ष यता बेल्जियम र ब्राजिल कुनै प्रतियोगितामा खेलेका छैनन् । सन् २००२ को विश्वकपमा ब्राजिलले बेल्जियमलाई दुई शून्यले हराएको थियो । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया