बन्द कोठाभित्र युवकको शव भेटियो

 जेठ ८, २०७६ बुधबार २०:५९:१४ | उपेन्द्र येक्तेन

पाँचथर – पाँचथर र इलामको सरमिावर्ती वजार फाल्गुनन्द गाउँपालिका–५ स्थित घुर्विसे पञ्चमी बजारमा एक युवक कोठाभित्र मृत अवस्थामा फेला परेका छन् ।

बाहिरबाट ताल्चा लगाइएको अवस्थामा स्थानीय अन्दाजी ३५ वर्षीय युवक सुरेन लिम्बूको शव भेटिएको हो । सुरेन वुधबार दिउँसो १ बजेदेखि हराइरहेको वताइएको छ ।
उनी केही दिन अघिमात्र वैदेशिक रोजगार (दक्षिण कोरिया) बाट फर्किएको स्थानीय विनोद आङदेम्वेले बताउनुभयो ।

उनकी श्रीमतीले केही दिन अघिमात्र अर्कैसँग विवाह गरेको बताइएको छ । दिउँसोबाट हराएका लिम्बूको खोजी गर्ने क्रममा साँझ ६ः३० बजेको समयमा बन्द कोठामा शव भेटिएको हो । घटनास्थलमा अहिले प्रहरी पुगेर अनसन्धान गरिहेको छ ।
 

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया