पाँचथर हत्याकाण्ड: विभत्स हत्या गरिएका ९ जनाको आज छुट्टाछुट्टै ठाँउमा अन्त्येष्टि गरिने

 जेठ ९, २०७६ बिहिबार १२:२८:३ | उपेन्द्र येक्तेन
unn.prixa.net

पाँचथर - मिक्लाजुङ गाउँपालिका–३, आरुबाेटेमा सोमबार राति भएको विभत्स हत्याकाण्डमा ज्यान गुमाएका ९ जनाको अन्त्येष्टि बिहिबार (आज) गरिँदैछ ।

हत्या गरिएका ९ जना र घटनास्थल नजिकै झुण्डिएर आत्महत्या गरेका भनिएका मानबहादुर माखिमको शव धरानमा पोष्टमार्टमपछि केही समयअघि घटनास्थल आरुबाेटेमा ल्याइ पुर्‍याइएको छ ।

विभत्स हत्या गरिएका ९ जनाको आज दिउँसो अन्त्येष्टि गर्ने तयारी भइरहेको मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष अमर माखिमले बताउनुभयो । हत्या गरिएका दुई परिवारमध्ये बमबहादुर फियाकको परिवारका ४ जनाको आरुबाेटेमै अन्त्येष्टि गरिने बताइएको छ ।

विभत्स हत्याकाण्डमा ७५ वर्षीय बमबहादुर फियाकसँगै उनकी श्रीमती पुर्सिमायाँ फियाक, छोरीहरु २६ वर्षीया मनकुमारी फियाक र  १२ वर्षीया  श्रेया फियाकको ज्यान गएको थियो ।

हत्या गरिएका बमबहादुरका ज्वाँई धनराज शेर्माका परिवारको भने मिक्लाजुङ–२ मा रहेकाे सराङडाँडाको बतासे भन्ने ठाँउमा अन्त्येष्टि गरिने बताइएको छ ।

शेर्मा परिवारमा ४१ वर्षीय धनराज शेर्मासहित उनकी ३६ वर्षीया श्रीमती जस्मिता फियाक, छोरीहरु ६ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया  योवना शेर्मा र ८ वर्षीया मुना शेर्माको विभत्स हत्या गरिएको  थियो ।

घटनामा संलग्न हुनसक्ने भनेर प्रहरीको शंकाको घेरामा रहेको बमबहादुरको कान्छा ज्वाईँ मानबहादुर माखिमको पनि मंगलबार दिउँसो घटनास्थल देखि करिब डेढ घण्टा पर झुण्डिएको अवस्थामा शव फेला परेको थियो ।

उनको शव पनि पोष्टमार्टम गरेर आरुबाेटे ल्याइएको छ । तर उनको शव भने परिवारलाई दिइएको छैन । घटनाको बारेमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) को टोलिले अनुसन्धान गरिरहेको छ ।


 

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया