स्विट्जरल्याण्डलाई हराउँदै २४ वर्षपछि पहिलो पटक स्विडेन विश्वकपको क्वार्टरफाइनलमा

 असार १९, २०७५ मंगलबार २२:३:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

स्विट्जरल्याण्डको ९ खेलको अपराजित यात्रामा पूर्णविराम लगाउँदै स्विडेन सन् १९९४ पछि पहिलो पटक विश्वकपको क्वार्टरफाइनलमा पुगेको छ ।

२४ वर्षपछि पहिलो पटक विश्वकपको क्वार्टरफाइनलमा पुग्ने क्रममा स्विडेनले रुसको सेन्ट पिटर्सबर्ग रंगशालामा स्विट्जरल्याण्डलाई १–० गोलले पराजित गरेको हो ।
 
अधिकांश समय स्विट्जरल्याण्डले खेल नियन्त्रणमा लिएको थियो । राम्रो खेलेर पनि स्विट्जरल्याण्ड हार्न पुग्यो । पहिलो हाफ गोलरहित बराबरीमा रोकिए पनि दोस्रो हाफमा स्विडेनमा इमिल फोर्सबर्गले गोल गर्न सफल भए । उनको यो विश्वकपमा पहिलो गोल हो ।
 
६६औं मिनेटमा ओला टोइभोनेनको पासमा फोर्सबर्गले डिबक्स बाहिरबाट गरेको सशक्त प्रहार गोल हुन पुगेको थियो ।
 
त्यसयता पनि स्विट्जरल्याण्डले लगातार आक्रमण बुने पनि गोल गर्न सकेन । खेलको अन्तिम मिनेटमा स्विडेनको काउन्टर एट्याक रोक्न खोज्दा मिचेल ल्यांगले म्युनअल अकाञ्जीलाई फल गरेपछि उनले रातो कार्ड पाएपछि खेलको अन्तिम केही सेकेण्ड स्विस टोली १० खेलाडीमा समेटिएको थियो ।
 
फिफा वरीयातामा छैटौँ स्थानमा रहेको स्विट्जरल्याण्ड २४औँ स्थानमा रहेको स्विडेनसँग पराजित भएको हो । स्विडेनले आजै हुने इंग्ल्याण्ड र कोलम्बियाबीचको खेलको विजेतासँग क्वार्टरफाइनलमा प्रतिस्पर्धा गर्नेछ ।

साथै ६४ वर्षपछि पहिलो पटक विश्वकपको क्वार्टरफाइनलमा पुग्ने स्विट्जरल्याण्डको सपना स्विडेनले चकनाचुर पारिदिएको छ । सन् १९३४, १९३८ र आफैले आयोजना गरेको सन् १९५४ को विश्वकपमा उसले क्वार्टरफाइनलमा मात्र पुग्न सकेको थियो ।
 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया