अटेर गर्दा विमानबाटै निकालिए वेल्सका युवा फुटबलर

 जेठ १७, २०७६ शुक्रबार ९:१२:२७ | एजेन्सी
unn.prixa.net

वेल्सका युवा फुटबलर रावी माटोन्डोलाई पुलिसले प्लेनबाट बाहिर निकाल्नु परेको छ । बिहीबार राति रावीले विमान परिचारिकाको सुझाव नमान्दा तीन जना पुलिसले उनलाई उड्न लागेको प्लेनबाट बाहिर निकालेका हुन् ।

११ मिलियन पाउण्डका अन्तर्राष्ट्रिय युवा खेलाडी रावीलाई विमान परिचारिकाले सिटको बेल्ट बाँध्न सुझाव दिँदा अटेर गरेर उल्टो अपशब्द बोलेपछि उनलाई इजीजेटको फ्लाइटबाट बाहिर निकालिएको हो ।

साल्केका विंगर रावीलाई ब्रिस्टोल विमानस्थलबाट बाहिर निकाल्दा प्लेनमा रहेका उनका साथी र अरु प्यासेन्जरले मजाक उडाएका थिए । विमानमा रहेका एक प्यासेन्जरले बताए अनुसार उनले आफ्ना साथीको अगाडि घमण्ड गर्न खोजेका थिए । विमान उड्ने बेला बारम्बार उनलाई आग्रह गर्दा निकै अटेर गरेपछि जबरजस्ती पुलिसको सहयोगमा उनलाई बाहिर निकालिएको हो ।

यतिमात्र होइन उनले आफ्ना म्यानेजरले भनेको कुरा पनि नमानेको ती प्यासेन्जरले बताए । आफ्नो देशलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिनिधित्व गर्ने खेलाडीले यस्तो ब्यवहार देखाउनु निकै लज्जास्पद रहेको फुटबल विश्लेषकले बताएका छन ।

उनले भने आफुले लगाउन लागेको सिटबेल्ट फिट नहुने भन्दै क्याविन क्रुलाई बताए पनि नमानेको उल्टो आरोप लगाएका छन् ।

म्यानचेस्टर सिटीको एकडेमीमा दुई वर्ष बिताएका उनले ३१ खेलमा ११ गोल गरेका थिए । गएको नोभेम्बरमा उनलाई राष्ट्रिय टिममा बोलाइएको थियो । उनी यसै वर्षको जनावरीमा साल्केमा ११ दशमलब २५ मिलियन पाउण्डमा अनुबन्ध भएका थिए ।
 

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया