अमेरिकाले एक हजार सैनिक पोल्याण्ड पठाउने: के चाहन्छन् ट्रम्प ?

 जेठ ३०, २०७६ बिहिबार १९:४७:४३ | एजेन्सी
unn.prixa.net

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पोल्याण्डका राष्ट्रपति आन्द्रेज डूडासँगको पत्रकार सम्मेलनमा अमेरिकाले एक हजार सैनिक पोल्याण्ड पठाउने बताएका छन् । 

‘पोल्याण्ड पठाइने सैनिकसँग ड्रोन र बाँकी सैनिक हतियार पनि हुनेछ,’ अमेरिकी राष्ट्रपति ट्रम्पले भने । यद्दपि उनले पोल्याण्डमा एक स्थायी अमेरिकी सैनिक क्याम्प बनाउने बारे भने केही भनेका छैनन् । 

सैनिक क्याम्प बनाउनका लागि पोल्याण्डले अमेरिकालाई दुई सय करोड डलरको अफर पनि दिएको थियो । राष्ट्रपति डूडाले त सैनिक क्याम्पको नाम ‘ट्रम्प किल्ला’ पनि राख्न सकिने बताएका थिए । 

ट्रम्पले भनेका छन्, ‘अमेरिकाले पोल्याण्डको यो आग्रहलाई सकारात्मक रुपमा नै लिएको छ तर रुसले प्रतिक्रिया जनाउने हुनाले स्थायी क्याम्प बनाउन आनाकानी गरेका हौँ ।’ 

अमेरिका र पोल्याण्डले रक्षा क्षेत्रमा आपसी सहयोगका लागि सम्झौता पनि गरेका छन् । सम्झौतामा एक सय अमेरिकी डिभिजन र आधारभूत संरचना बनाउनुपर्नेछ, जहाँ अमेरिकी सैनिक अस्थायी रुपमा चक्कर लगाउनेछन् । 

नयाँ सम्झौताको मतलब के हो ?

बीबीसीका रक्षा मामलाका संवाददाता जोनाथन मार्कस भन्छन्, ‘पछिल्लो वर्षदेखि नै पोल्याण्ड सरकार अमेरिकालाई आफ्नो भूमिमा सैनिक क्याम्प बनाउनका लागि मनाइरहेको छ ।’

सैनिक क्याम्पको नाम ‘ट्रम्प किल्ला’ पनि भनि सकिएको छ तर सैनिक क्याम्प बनाउनका लागि केही समस्या छ ।  

यसका लागि पैसा कसले दिन्छ ? पोल्याण्डले दुई सय करोड डलरको प्रस्ताव गरेको छ, यसले त क्याम्पको सुरुवात मात्र गर्न सकिन्छ । 

पोल्याण्डमा सैन्य डिभिजन कहाँबाट आउँछ ? पोल्याण्डले अमेरिकाबाट सैनिक जुटाउन निकै महंगो पर्छ । यदि जर्मनी र इटलीबाट ल्याउँदा अमेरिकासँगको सम्बन्ध चिसिन्छ । 

सबैभन्दा ठूलो कुरा त स्थायी बेस बनाउनु भनेको नाटो र रुसबीच सन् १९९७ मा भएको सम्झौताको उल्लंघन हुनु हो । 
 

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया