१ किलो ७ सय ग्राम सुन र १ करोड ४३ लाख रुपैयाँसहित ७ जना पक्राउ

 बैशाख १४, २०८१ शुक्रबार १५:१६:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डाै – काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले एक किलो सात सय ६८ ग्राम सुन तथा एक करोड ४३ लाख ६० हजार रुपैयाँ नगदसहित सात जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा दार्चुलाको महाकाली नगरपालिका–३ टाँटे बस्ने ४७ वर्षका गणेशदत्त बडू र २१ वर्षका आयुष बडू, झापा बिर्तामोडका ३० वर्षका दिनेश खरेल र २२ वर्षका भरतराज खरेल तथा भारत महाराष्ट्रका ३७ वर्षका अमोल बिभुते, १८ वर्षका ऋषिकेशप्रकाश बिभुते र १८ वर्षकै गणेशसतिश बाल्टे रहेका उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवम् प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिनुभयो ।

उनीहरू हिजो बेलुका काठमाण्डौको इन्द्रचोकबाट पक्राउ परेका थिए । न्युरोडको एक हुन्डी गोदाममा छापा मार्दा सुन, रकम र सात जना व्यक्ति पक्राउ परेका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया