लागु औषधसहित २ युवती र ४ युवक पक्राउ

 असार २, २०७६ सोमबार ७:४४:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

म्याग्दी – लागुऔषधसहित ६ जना युवायुवती पक्राउ परेका छन् । गएको शनिबार साँझ बेनी नगरपालिकामा सडकमा शंकास्पद रुपमा हिँडिरहेका युवायुवतीलाई प्रहरीको गस्ती टोलीले लागु औषधसहित पक्राउ गरेकाे हाे । पक्राउ पर्नेमा २ युवती र ४ जना युवक रहेकाे जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । 

पक्राउ पर्नेहरुमा रघुगंगा गाउँपालिका–१, बेगखोलाका २१ वर्षीय निखिल फगामी, बेनी नगरपालिका–८, न्युरोड बस्ने २३ वर्षीया रेजिना श्रेष्ठ र मंगला–३, बराङ्जाका २२ वर्षीया सीता केसी, बेनी–९, गलेश्वरका २१ वर्षीय राजकुमार शेरपुञ्जा, बेनी–८, का २८ वर्षीय विजय बानियाँ र रघुगंगा–६, पाखापानी घर भई बेनी–७, मंगलाघाट बस्ने २० वर्षीय प्रवीण छन्त्याल पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मण देवकोटाले बताउनुभयो ।

उनीहरुको साथबाट ८६ सेट डाईजापाम, फेनेरागन र नुर्फिन बरामद गरिएको प्रहरी निरीक्षक देवकोटाको भनाइ छ । लागूऔषधसहित पक्राउ परेका आरोपितहरुलाई आइतबार जिल्ला अदालत म्याग्दीबाट १० दिनको म्याद थप गरी अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ । उनीहरुलाई रोकेर जाँच गर्ने क्रममा उनीहरुको साथबाट लागु औषध भेटिएको थियो । 
 

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया