विश्वकप क्रिकेट : बंगलादेशको जित, अफगानिस्तान बाहिरियो

 असार १०, २०७६ मंगलबार ७:३६:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

सकिव अल हसनको अलराउण्ड प्रदर्शनका कारण बंगलादेशले आईसीसी एकदिवसीय विश्वकपमा तेस्रो जित निकालेको छ । सोमबार भएको खेलमा बंगलादेशले अफगानिस्तानलाई ६२ रनले हरायो । यो हारले अफगानिस्तान विश्वकपबाट बाहिरिएको छ ।

साउथह्याम्टनमा टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेशले ५० ओभरमा सात विकेट गुमाउँदै २६२ रन बनाएको थियो ।

बंगलादेशका लागि मुस्फिकर रहिमले सर्वाधिक ८३ रनको योगदान दिए । त्यस्तै शकि अल हसनले ५१ रनको अर्धशतकीय योगदान दिए । यस्तै तमिम इकबालले ३६ बनाए । मोसादेक हुसेनले पनि आक्रामक ३५ रन जोडे । उनले २४ बलमा चार चौका प्रहार गरेका थिए । महमुदुल्लाहले २७ रन बनाए ।

बलिङतर्फ अफगानिस्तानका मुजिब उर रहमानले तीन विकेट लिए भने गुलाबदिन नाइबले दुई तथा दवलत जद्रान र मोहम्मद नाबीले एक–एक विकेट लिए ।

जवाफमा अफगानिस्तान ४७ ओभरमा २०० रनमा अलआउट भयो । अफगानिस्तानका लागि कप्तान गुल्बादिन नेइबले ४७ रन बनाउदा रहमत शाहले २४ रन बनाए । उसका मध्यक्रमका खेलाडी हस्मतुल्लाह साहिदी ११, अस्घर अफगान २० तथा मोहम्मद नाबीले खाता खोल्न सकेनन् । जसका कारण उसले एक सय १७ रनमा पाँच विकेट गुमायो ।

त्यसपछि पनि उसको विकेट झर्ने क्रम रोकिएन । इक्राम अलखिल ११ रनमा आउट हुँदा नजीबुल्लाह जार्दन २३ तथा रासिद खान मात्र दुई रनमा पेभेलियन फर्किए । यस्तै दवालात जार्दनले खाता खोल्न सकेनन् । उसका समिएल्लाह सिनवारीले अविजीत ४९ रन बनाए । बलिङमा सकिव अल हसनले ५ विकेट लिए ।

जितसँगै ब‌ंगलादेशले सात अङ्क बनाएकाे छ । यसका साथै उसले सुपरसिक्सकाे सम्भावना पनि बलियाे बनाएकाे छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया