टी–२० विश्वकप छनाेट खेल्न नेपाली क्रिकेट टाेली शनिबार सिंगापुर जाँदै

 साउन ४, २०७६ शनिबार ९:१४:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - अर्को वर्ष अष्ट्रेलिया आयोजना हुने टी–२० विश्वकपका लागि एसिया छनोट खेल्न नेपाली टिम शनिबार सिंगापुर जाँदै छ ।

२२ तारिखदेखि सुरु हुने प्रतियोगिताका लागि नेपाली टिम मलेसियाबाट सिंगापुर जान लागेको हो । मलेसियामा अभ्यासका लागि  केही समय पहिला नेपालबाट गएको टिमले त्यहाँ दुई ओटा टी–२० क्रिकेट पनि खेलेको थियो । जसमा सिरिज नै नेपालले क्लिन स्विप गर्न सफल भयो ।

मलेसिया र सिंगापुरको मौसम उस्तै-उस्तै हुने भएकाले नेपालले त्यहाँ अभ्यासका लागि ठाउँ रोजेको हो । नेपालले मलेसियामा अभ्यास पूरा गरेकाले अबको ध्यान सिंगापुरमा हुने छनोट प्रतियोगितामा केन्द्रित हुने नेपाली टिमका प्रशिक्षक उमेश पट्वालले बताएका छन् ।

यसैगरी कप्तान पारस खड्काले विश्वकप छनोट खेल्ने टिममा नेपालको वरीयता उच्च रहेकाले सबै खेल जित्दै शीर्ष स्थानमा रहनका लागि मेहनत गरिरहेको बताए ।

छनोट खेलमा नेपालसहित कतार, मलेसिया, कुवेत र सिंगापुरले प्रतिस्पर्धा गर्नेछन् । नेपालले पहिलो खेलमा २३ तारिखमा कतारसँग प्रतिस्पर्धा गर्ने छ भने २४ तारिखमा मलेसियासँग खेल्ने छ । २७ तारिखमा कुवेत र २८ तारिखमा घरेलु टोली सिंगापुरसँग  खेल्ने छ ।

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया