माथिल्लो त्रिशूली थ्री ‘ए’ को दोस्रो युनिटको ‘नो लोड टेस्ट’ सुरु

 साउन ११, २०७६ शनिबार ११:२७:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

रसुवा – माथिल्लो त्रिशूली थ्री ‘ए’ ले दोस्रो युनिटको ‘नो लोड’ टेस्ट सुरु गरेको छ । शुक्रबार दिउँसोदेखि आयोजनाले नो लोड टेस्ट सुरु गरेको हो ।

मंगलबारसम्ममा लोड टेस्ट गर्ने योजना रहेको आयोजना प्रमुख फडिन्द्रराज जोशीले बताउनुभयो । ‘नो लोड टेस्टको समय २४ घण्टाको हुन्छ’, उहाँले भन्नुभयो, यो सकिएपछि लोड दिएर टेस्ट गर्छौँ ।’

६० मेगावटको यो आयोजनाले पहिलो युनिटबाट ३० मेगावट विद्युत् उत्पादन सुरु गरिसकेको छ । यो महिनाभित्र दोस्रो युनिटबाट पनि विद्युत् उत्पादन सुरु गर्ने योजना छ । यो महिनाभित्र आयोजनाले व्यवसायिक उत्पादन सुरु गर्ने उहाँले बताउनुभयो ।

प्राविधिक समस्या नआएमा मंगलबारदेखि परीक्षण सुरु गरिने आयोजनाले जनाएको छ । रसुवा र नुवाकोटमा निर्माण भइरहेको आयोजनाले गएको असार अन्तिमबाट व्यवसायिक उत्पादन सुरु गर्ने लक्ष्य राखेको थियो । 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया