परेवाभिरमा अस्थायी बाटो

 साउन १४, २०७६ मंगलबार १३:२६:३७ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर – मनहरी–राक्सिराङ गाउँपालिका वडा नम्बर ४ मा रहेको परेवाभिरमा ज्यान जोखिममा राखेर हिँड्न बाध्य यात्रुहरुको सुविधाका लागि नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले पैदलमार्ग निर्माण गरिदिएका छन् ।

राक्सिराङ गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष सञ्जय कोइरालाको पहल तथा अगुवाइमा नेपाल कम्युनिष्ट पार्टीको स्थानीय वडा कमिटीका अगुवाहरु मिलेर पैदलमार्ग निर्माण गरेका हुन् ।

बाटोमा दैनिक रुपमा जोखिम मोल्दै यात्रा गर्नुपर्ने बाध्यता रहेको समाचार सञ्चार माध्यमहरुमा प्रकाशित भएपछि स्थानीय जनश्रमदानबाट बाटो सुधार गरिएको वडाध्यक्ष कोइरालाले जानकारी दिनुभयो ।

वर्षा याममा बाटो सुधारका लागि कहीँ कतैबाट आर्थिक स्रोत उपलब्ध नभएपछि जनश्रममै आधारित रही बाटोको काम गरिएको अध्यक्ष कोइरालाले बताउनुभयो । बाटो निर्माणका लागि लगिएको एउटा ट्रयाक्टरसमेत बगाएको थियो । माथिबाट पैदल हिँड्ने साँघुरो बाटो पनि भत्किएपछि भिरको बाटोमा ढुंगा समाउँदै हिँड्नुपर्ने बाध्यता रहेको थियो ।

मकवानपुरको दुर्गम राक्सिराङका ४ र ९ नम्बर वडा तथा कैलाश गाउँपालिकाको वडा नम्बर १, २, ७, ८ का बासिन्दा यही बाटो भएर  र दैनिक उपभोग्य सामग्री खरिद गर्न तथा अन्य प्रशासनिक कामका लागि परेवाभिरमा ज्यानको बाजी लगाएर राक्सिराङ गाउँपालिका केन्द्र चैनपुर तथा मनहरी बजार पुग्नुपर्ने बाध्यता छ ।

३ नम्बर प्रदेशका सांसद ओमबहादुर ग्लान (प्रदीप) ले परेवाभिरलाई काटेर चालू आर्थिक वर्षमा सडक खन्नका लागि प्रदेश सरकारसमक्ष माग गर्नुभएको छ । राक्सिराङ गाउँपालिकाले पनि परेवाभिर खण्डमा बाटो बनाउनका लागि १ करोड रुपियाँ विनियोजन गरिसकेका अध्यक्ष राजकुमार मल्लले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया