विश्वकपको सेमिफाइनलका खेल आजदेखि : बेल्जियम र फ्रान्स खेल्ने

 असार २५, २०७५ मंगलबार ५:३७:२ | उज्यालो सहकर्मी
unn.prixa.net

विश्वकपको सेमिफाइनलका खेल आजदेखि सुरु हुँदैछन । पहिलो सेमिफाइनलमा आज बेल्जियम र फ्रान्सबीच प्रतिस्पर्धा हुनेछ । यो खेल विश्वकप फाइनल अघिको फाइनलका रुपमा पनि हेरिएको छ ।

रसियाको क्रिस्तोभस्की रंगशालामा हुने दुई बलिया टिमको खेल राति पौने १२ बजेट सुरु हुनेछ । यो खेललाई स्टार खेलाडी विरुद्धको खेलका रुपमा पनि हेरिएको छ । गोल्डेन जेनेरेसनबाट गुज्रिरहेको बेल्जियमले फ्रान्स विरुद्ध ऐतिहासिक जित निकाल्ने लक्ष्यमा छ । आजको खेलमा फ्रान्सका ब्लेइसी मातुइदी एक खेलको प्रतिबन्ध पछि फर्किनेछन ।

क्वाटरफाइनमा उरुग्वे विरुद्ध राम्रो खेल्न नसकेका ओलिभर जिरुडपनि टिममा पर्ने पक्का जस्तै छ । यता बेल्जियमका लागि थोमर मुनियर दोहोरो पहेलो कार्डका कारण खेल गुमाउनेछन । जसका कारण बेल्जियमले डिफेन्सलाईनमा सफल गर्न सक्नेछ । प्रशिक्षक रोबेर्टो मार्टिनेज ब्राजिलविरुद्ध जुन रणनिती अप्नाएका थिए त्यहि फरमेसनमा उत्रने सम्भावना बढी छ । ब्राजिलविरुद्ध उनले तीन चार दुई एकको फरमेसनलाई प्रयोग गरेका थिए ।

फ्रान्सका डिफेन्डर राफेल भारानले बेल्जियम टिम यृुवामात्र होइन प्रति खेल परिपक्व भएर अगाडि बढेको छ । त्यसैले गर्दा फ्रान्सले होसियार भएर खेल्नुपर्ने बताए । साथै उनले रोमेलु लुकाकु र इडेन हाजार्डलाई विशेष मार्क गरेर खेल्नु पर्ने उनको विचार छ ।

यता बेल्जियमका मिड फिल्डर केभिन डी ब्रुयनाले सेमिफाइनल जस्तो ठाउमा पुगेपछि पक्कै पनि टिमको मानसिकता कमजोर नभएको बताए । फ्रान्स विरुद्ध बेल्जियम मानसिक, शारिरीक रुपमा तयार भएको उनको भनाई छ ।

फ्रान्स र बेल्जियम अहिलेसम्म ७४ पटक एकअर्काविरुद्ध मैदानमा उत्रिएका छन । फ्रान्सले अन्तर्राष्ट्रिय स्तरमा सबैभन्दा धरैपटक खेलेको टिम नै बेल्जियम हो । तर विश्वकपमा भने यी दुई टिम मात्र दुई पटक खेलेका छन ।

जसमा दुबैपटक फ्रान्स विजयी भएको छ । सन् १९८४ को युरोपियन च्याम्पियनसिपमा फ्रान्सले बेज्लियमलाई पाँच शन्यले हराएको थियो । अहिलेसम्मका खेलमा बेल्जियम ३० पटक जितेको छ भने २४ पटक फ्रान्स विजयी भएको छ ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया