श्री ३ भनिरहनु पर्दैन, जुम्लामा बिजुली पठाउन ठेक्का सम्झौता भैसकेको छ : कुलमान घिसिङ

 साउन २१, २०७६ मंगलबार १९:७:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – जुम्लाका सांसद गजेन्द्रबहादुर महतलले जुम्ला अन्धकार भएको लामो समय भैसक्दा पनि प्राधिकरणले बिजुली नदिएको भन्दै संसदमा आक्रोश पोख्नुभयो ।

उहाँले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र ऊर्जामन्त्री वर्षमान  पुनलाई श्री ३ महाराजको पनि दर्जा दिनुभयो । तर नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कर्णाली प्रदेशको जुम्लामा राष्ट्रिय ग्रिडमार्फत विद्युत पुर्‍याउन ठेक्का सम्झौता भइसकेको बताउनु भएको छ । 

‘जुम्लामा अहिलेसम्म हाम्रो अफिस पनि थिएन, अब हामीले अफिस खोल्ने निधो गरिसकेका छौँ, र जुम्लामा डेढ वर्षभित्र राष्ट्रिय प्रसारण लाइनमार्फत बिजुली पुर्‍याउन दैलेखबाट ३३ केभी प्रसारण लाइन बनाउन ठेक्का सम्झौता गरिसकेका छौँ’, घिसिङले उज्यालो अनलाइनसँग भन्नुभयो, ‘हामीले पहल गरिरहेका छौँ, त्यसरी श्री ३ नभनेको भए हुन्थ्यो ।’

उहाँले प्राधिकरणको स्वामित्वमा रहेको लघु जलविद्युत स्थानीय उपभोक्ता समितिले भाडा (लिज)मा लिएर चलाएको बताउनुभयो । ‘लिज सम्झौतामा मर्मतसम्भारको सम्पूर्ण जिम्मेवारी उपभोक्ता समितिकै रहेछ, त्यसैले हामीले केही गर्न सक्दैनौँ’, घिसिङले भन्नुभयो ।

उहाँले राष्ट्रिय ग्रिड नपुगेसम्म तत्कालका लागि अस्थायी रुपमा  डिजेल जेनेरेटरमार्फत जुम्लामा विद्युत् आपूर्ति गर्ने विकल्पका बारेमा पनि छलफल भइरहेको बताउनुभयो । 

'फोन उठाउन पाइन, तर कार्यालयमा आएर भेटेको भए पनि हुन्थ्यो'

कार्यकारी निर्देशक घिसिङले आफुले जानीजानी सांसद महतको फोन नउठाएको भन्ने आरोपको खण्डन पनि गर्नुभएको छ । ‘केही दिनअघि उहाँ (महत)ले फोन गर्नु भएको रहेछ, म बैठकमा थिएँ, पछि कलब्याक गर्छु भन्दा भन्दै बिर्सिए छु, जुम्लाको विद्युत् समस्या समाधान गर्न प्राधिकरणले गम्भीर रुपमा काम गरिरहेको छ’, उहाँले भन्नुभयो । 

आफू देशभरिकै कामको दबाबमा हुने भएकाले फोन फिर्ता गर्न नपाएको तर सांसदले आफूलाई भेटेको भए पनि समस्या समाधानमा थप पहल गर्न सकिने घिसिङले बताउनुभयो ।

‘मेरो कार्यालयमा दैनिक सयौं जना आउनुहुन्छ, भेटेर समस्या समाधानको पहल गरिरहेको छु, माननीयज्यू पनि आएर समस्या राखेको भए अस्ति नै केही गर्न सकिन्थ्यो होला, तर उहाँ आउनु भएन’, घिसिङले उज्यालोसँग भन्नुभयो । 

याे पनि पढ्नुहाेस्

जुम्लाका सांसद महतको आरोप : कुलमान श्री ३ महाराज भैसके, कमिसन आउने ठाउँमा मात्रै काम गर्छन्

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • केदार

    Aug. 10, 2019, 12:02 p.m.

    जुम्लासम्म राष्ट्रिय प्रशारण बाट बत्ती पुर्याउनु राम्रो कार्य । बाटोमा पर्ने स्थानमा उज्यालो हुनेछ । तर जहाँ राष्ट्रिय प्रशारण जोडिएको स्थानमा बत्ती साँझ बिहान ७/२४समय उज्यालो को ब्यवस्थापन गर्न सके हुने थियो ।

  •  0 Reply

तपाईको प्रतिक्रिया