कतार एयरवेजद्वारा विश्वकप फुटबलको लागि विशेष ब्राण्डको जहाज प्रस्तुत

 असार २६, २०७५ मंगलबार १७:२२:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

कतार – फिफाको आधिकारिक एयरलाइन्सको रुपमा रहेको कतार एयरवेजले २०१८ फिफा विश्वकप रुसको उत्सव मनाउने क्रममा प्रतियोगिताको सेमिफाइनल तथा फाइनल खेलपूर्व प्रर्दशनीको लागि बोइङ ७७७ विमान तयार गरेको छ ।

फिफाको विशिष्ट ब्राण्डिङसहित विशेष रुपमा निर्मित त्यो विमान आयरल्याण्डमा हस्त चित्रित गरी दोहा पु¥याइएको थियो । त्यहाँ प्रतियोगिताको सेमिफाइनल तथा फाइनल खेलको लागि मस्कोतर्फ प्रस्थान गर्नु अगाडि हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा एक पत्रकार सम्मेलन आयोजना गरिएको थियो ।

 

कतार एयरवेज ग्रुपका प्रमुख कार्यकारी अधिकृत अकबर अल बकेरले भन्नुभयो, ‘यस अद्वितीय विमान मस्को पु¥याउँदै हाम्रा यात्रुवर्गको फुटबल प्रतिको प्रेमलाई सम्मान गर्न पाउँदा हामी निकै उत्साहित छौँ । फिफाको आधिकारिक एयरलाइन्सको रुपमा हामी विश्वभरका फुटबल प्रेमीहरुलाई रुसमा एकीकृत गरी विश्वकपको अद्भूत अनुभव प्राप्तिमा सहयोग गर्न पाएकोमा निकै गर्व गर्दछौँ  । यस सुन्दर विमानले हाम्रो फिफासँगको महत्वपूर्ण सहकार्य प्रतिको प्रतिबद्धता तथा रुसमा उपस्थित संसारभरका लाखौँ फुटबल प्रेमीहरु प्रतिको निष्ठा थप बलियो बनाउने छ ।’

कतार एयरवेजले भर्खरै टेलिन, एस्टोनिया, भ्याल्लेट्टा, माल्टा, सेबु र डभाओ, फिलिपिन्स; लाङ्कावी, मलेसिया, तथा डा नाङ, भियत्नाम; जस्ता नयाँ रोमाञ्चक गन्तव्यहरू आफ्नो नेटवर्कमा थप्ने घोषणा गरेको छ । 

कतार एयरवेजले १५० भन्दा बढी स्थलहरूबाट यात्रीहरूसँग गोइङ प्लेसेस टुगेदरको २० वर्ष उत्सव मनाउँदै आएको छ । एयरलाइन्सले २०१८ मा थेस्सालोनिकी, ग्रीस र कार्डिफ, बेलायतसहित अन्य धेरै रोमाञ्चक नयाँ स्थानहरू यसको बढ्दो नेटवर्कमा थप्दै आफ्नो २०० भन्दा बढी आधुनिक एयरक्राफ्टमा यात्रुहरूलाई उडाउने योजना बनाएको छ । 
  
 

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया