गुफाबाट उद्धार गरिएका बालकहरु विश्वकप फाइनल हेर्न रुस जान नसक्ने

 असार २६, २०७५ मंगलबार १८:२३:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

थाइल्याण्डको गुफाबाट उद्धार गरिएका फुटबल टिमका बच्चाहरुलाई फिफा विश्वकपको फाइनल नहेर्न भनिएको छ ।

मंगलबार मात्रै गुफाबाट निकालिएका बच्चाहरुलाई अस्पताल भर्ना गरिएको छ । उनीहरुको स्वास्थ्य अवस्थाका कारण विश्वकप हेर्न रसिया जान नमिल्ने चिकित्सकले बताएका छन् । दुई सातासम्म गुफा भित्रै थुनिएर बसेका उनीहरुलाई लामो प्रयासपछि उद्धार गरिएकाले उनीहरुलाई अस्पतालमा चिकित्सकको निगरानीमा राखिएको छ ।

उनीहरुलाई ब्राजिलियन फुटबलर रोनाल्डो,  इंङ्ग्ल्याण्डका जोन स्टोन्स र  अर्जेन्टिनाका लियोनल मेस्सीले शुभकामना पनि दिएका छन् । फिफाका अध्यक्ष जियानी इनफान्टिनोले सबै बच्चाहरुको फुटबल टिमका सदस्यलाई विश्वकपको फाइनल खेलका लागि आमन्त्रण दिएका थिए ।

चिकित्सकहरुका अनुसार  उनीहरुको स्वास्थ्य अवस्था ठीक भए पनि एक सातासम्म अस्पतालमै बस्नुपर्ने छ । अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले पनि बालकहरुकाे स्वास्थ्य नै पहिलाे प्राथमिकता भएकाे बताउँदै उनीहरु फाइनलमा नअाउने पुष्टि गरेकाे छ ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया