बेल्जियमलाई १–० ले हराउँदै फ्रान्स विश्वकपको फाइनलमा

 असार २६, २०७५ बुधबार २:५:० | एजेन्सी
unn.prixa.net

बेल्जियमलाई हराउँदै फ्रान्स फिफा विश्वकपको फाइनलमा प्रवेश गरेको छ ।

डिफेन्डर सामुयल उम्टिटीको दोस्रो हाफको  गोल निर्णायक बन्दा फ्रान्सले उपाधिको दाबेदार बेल्जियमलाई १–० ले हरायो । सन् १९९८ को विजेता फ्रान्सले सन् २००६ मा पनि फाइनलमा स्थान बनाएको थियो ।

प्रतिष्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो । ३४औं मिनेटमा फ्रान्सले निकै राम्रो मौका पाएको थियो । तर एन्टोइन ग्रिजम्यानको पासमा एमबाप्पेले मिलाइदिएको बललाई ओलिभर जिरुडले गोलमा परिणत गर्न सकेनन् । ४०औं मिनेटमा फ्रान्सले अर्को मौका पाएको थियो । एमबाप्पेको पासलाई पाभार्डले गोलको दिशा दिएपनि बेल्जियमका गोलकिपर कोट्र्वा बाधक बने ।

पहिलो हाफको इन्ज्युरी समयमा बेल्जियमले निकै राम्रो मौका पाएको थियो । केभिन डि ब्रुयनको क्रसलाई रोमेलु लुकाकुले कनेक्ट गर्न नपाएपछि पहिलो हाफ गोलरहित बन्यो ।

दोस्रो हाफको छैटौं मिनेटमा फ्रान्सले अग्रता लियो । ग्रिजम्यानको कर्नर प्रहारलाई सामुयल उम्टिटीले हेडमार्फत गोलमा परिणत गरे । यसक्रममा उनले मेराउन फेलानीलाई बिट गरेका थिए ।

इन्ज्युरी समयमा फ्रान्सले दुईवटा उत्कृष्ट अवसर पाएको थियो । ग्रिजम्यान र टिलिसोको प्रहारलाई बेल्जियम गोलकिपरले सहजै बचाए ।

बेल्जियमले बाँकी समयमा खेलमा फर्किने प्रयास गरे पनि गोल गर्न नसक्दा पहिलो पटक विश्वकप फाइनल खेल्ने लक्ष्य पूरा हुन सकेन । फ्रान्सले अब इंग्ल्याण्ड र क्रोएसियाबीचको विजेतासँग २१औं संस्करणको उपाधिका लागि खेल्नेछ । इंग्ल्याण्ड र क्रोएसियाबीचको सेमिफाइनल बुधबार हुनेछ ।
 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया