जीएसएमए र एनसेलकाे सहकार्यमा ‘स्टार्ट अप कोलाबोरेसन वर्कसप’

 भदौ ३, २०७६ मंगलबार २०:५२:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - जीएसएम एसोसियशनले एनसेलसँगको सहकार्यमा नेपाली स्टार्ट अपहरुका लागि एक दिने ‘स्टार्ट अप कोलाबोरेसन वर्कसप’ आयोजना गरेको छ ।

नेपालमा स्टार्ट अप कम्पनीहरु र मोबाइल सेवा प्रदायक कम्पनीहरु बीचमा सहकार्य सुदृढ पार्ने उदेश्यले यो कार्यशाला गरिएकाे बताइएकाे छ । जीएसएमए विश्वभर सञ्चालनमा रहेका ७५० भन्दा बढी सेवाप्रदायकहरु र मोबाइल सिस्टमका झण्डै ४०० कम्पनीहरुको साझा संगठन हो । 

यो कार्यशाला स्टार्ट अपहरुले कसरी मोबाइल सेवा प्रदायकहरुसँग साझेदारी गर्न सक्छन्, त्यसका लागि आवश्यक उपकरण तथा तयारी के-कस्तो हुनुपर्दछ भन्नेमा केन्द्रित रहेकाे थियो । यसमा ३० वटा स्टार्ट अपका ५० भन्दा बढी प्रतिनिधिहरुको सहभागिता रहेको थियो  ।

नयाँ प्रविधि, अहिलेको प्रवृत्ति र कसरी विभिन्न स्टार्ट अपहरुले अफ्रिका तथा एसिया प्यासिफिकमा टेलिकम कम्पनी, ग्राहकलाई फाइदा हुने मोबाइल सेवा प्रदायकसँग साझेदारी गराइएका छन् भन्ने जानकारी लिन पाएकाथिए । 

‘परिवर्तनशील दूरसञ्चार क्षेत्रमा टेलिकम कम्पनीहरुले अब मुख्य उत्प्रेरक बनेर दीगो व्यवसायका लागि संलग्न सबैको हितमा काम गर्न आवश्यक छ । टेलिकमकम्पनीहरुकालागि धेरै सम्भावनाहरु रहेका छन् र एनसेल स्टार्ट अपहरुसँग साझेदारी गर्न आशावादी छ’, एनसेलका चिफ स्ट्राटेजी अफिसर इरविन एम. युसुफले भन्नुभयाे ।

कार्यशालामा जीएसएमएको इकोसिस्टम एसेलेरेटर कार्यक्रमका मार्केट इन्गेजमेन्ट डाइरेक्टर मार्टिन कारान्जाले प्रमुख वक्ताका रुपमा कसरी मोबाइल अपरेटर र स्टार्ट अपबीचमा सहकार्य हुन्छ र कसरी नेपालमा पनि यस्तो मोबाइल अपरेटरहरुसँग सहकार्य गर्न सकिन्छ भन्ने बारेमा प्रकाश पारेका थिए ।

 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया