इलाम र बझाङका मतदान केन्द्रसम्म सार्वजनिक गाडी चलाउन पाइने
बैशाख १५, २०८१ शनिबार
धनुषा – धनुषाको हंशपुर नगरपालिकाका मेयर रामज्ञान मण्डलसहित ४ जनामाथि किटानी जाहेरी दर्ता भएको छ ।
नगरपालिकाको केन्द्र सार्ने विषयमा झडपमा परि ज्यान गुमाएका ५५ वर्षीय तपेश्वर मण्डलका छोरा राजकुमार मण्डलले मेयर मण्डलसहित ४ जनामाथि जाहेरी दर्ता गराउनु भएको हो ।
राजकुमारले बिहीबार जिल्ला प्रहरी कार्यालय धनुषामा मेयर रामज्ञान, वडा नम्बर ३ का अध्यक्ष उदयप्रसाद सिंह, कार्यपालिका सदस्य श्याम राउत, वडा नम्बर ४ का स्थानीय लालबाबु यादवमाथि ज्यान मार्ने उद्योगमा संलग भएको भन्दै किटानी जाहेरी दर्ता गराएको धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो ।
वडा नम्बर २ बघचौडामा रहेको नगरपालिकाको केन्द्र कार्यालय मेयर रामज्ञान मण्डलले वडा नम्बर ३ को बेल्हीमा सार्न खोजेपछि उपमेयर रेणु झाले अवरोध गर्दा दुवै समूहबीच झडप भएको थियो ।
त्यस क्रममा प्रहरीले हस्तक्षेप गर्दा उपमेयर समूह र प्रहरीबीच समेत झडप भएको थियो । झडपको क्रममा प्रहरीको लाठीचार्जबाट उपमेयर झासहित ६ जना घाइते भएका थिए । जसमा उपमेयर पक्षका स्थानीय तपेश्वर मण्डल गम्भीर घाइते भएका थिए । उनको झण्डै एक महिनापछि उपचारको क्रममा बुधबार साँझ जनकपुर अञ्चल अस्पतालमा ज्यान गएको हो ।
वडा नम्बर २ का स्थानीयहरुले मेयर रामज्ञानसहितलाई कारबाही हुनुपर्ने माग गर्दै बिहीबार जनकपुरमा मोटरसाइकल जुलुससमेत प्रदर्शन गरेका छन् ।
सम्बन्धित समाचार